‘वैकल्पिक विकास वित्त परिचालन’ ऐन जारी गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । अर्थ मन्त्रालयले ‘वैकल्पिक विकास वित्त परिचालन ऐन’ जारी गर्ने प्रक्रिया अघि बढाएको छ। ऐनको प्रारम्भिक मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिएका छन्। उक्त अधिकारीका अनुसार, अर्थ मन्त्रालयले प्रारम्भिक मस्यौदा पेश गरिसकेको छ । जसमा विभिन्न चरणका छलफलहरू भइरहेको छ। मुलुकको समग्र विकासका लागि आवश्यक देखिएमा मन्त्रिपरिषद्ले […]

पुराना फर्निचर, ल्यापटप र कम्प्युटर बेच्दै सतर्कता केन्द्र

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले पुराना फर्निचर, ल्यापटप र कम्प्युटरलगायत जिन्सी सामान बिक्री गर्ने भएको छ । केन्द्रले बुधबार एक सूचना जारी गर्दै बोलपत्रमार्फत लिलाम बिक्री गर्न लागेको जानकारी दिएको छ । खरिद गर्न इच्छुक इजाजतप्राप्त फर्महरुले रीतपुर्‍याइ ८ दिनभित्र एक हजार रुपैयाँ दस्तुरसहित सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्ड भ्रमण, समकक्षी पेसँग भेट हुँदै

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच बुधबार भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी भए । थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबिचको […]

करेला प्रतिकिलो सय रुपैयाँ, कुरिलो ६००

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु […]

स्वास्थ्यमा दाताको बजेट कटौती, सहयोग घटे दायित्व सरकारले निर्वाह गर्ने

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यका बजेट समयमै खर्च गर्ने वातावरण बनाउन सक्रियता देखाएका छन् । मन्त्रालयअन्र्तगतका विभिन्न महाशाखा तथा केन्द्रहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले समय बाँकी छँदै अधिकतम प्रगति देखिने गरी काम गर्न भनेका हुन् । मन्त्रालयको कार्य प्रगतिबारे नियमित बैठक राखेर जानकारी लिइरहेका मन्त्री पौडेलले यसपाली आर्थिक वर्षको अन्त्यसम्ममा अधिकतम […]

टाइम फर्मास्युटिकल्सले आईपीओ ल्याउने, डाक्यो साधारणसभा

काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ प्रस्तावसहित २०८२ वैशाख ११ गते कम्पनीको उद्योग परिसर गैँडाकोट १० भैसाखोरीमा साधारणसभा बैठक डाकेको छ । बैठकले आईपीओसम्बन्धी सम्पूर्ण कार्य अगाडि बढाउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव गरिएको छ । हालको जारी पूँजी ४२ करोड ९१ लाख […]

चार दिनदेखि अमेरिकी डलरको मूल्य स्थिर, अन्य मूद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार भैरहेको छ । यसदिन  युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ २१ […]

पाँच प्रदेशमा आंशिक बदली, दुई प्रदेशका हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना […]

महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध, मार्च महिनामा देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंकले सोमबार काठमाडौँमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन बैंकको स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गरेका थिए । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरुको सशक्तीकरण, क्षमता […]

बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट साइमेक्स इंक सम्मानित

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड (CONNECTED. INSPIRED. UNITED) थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरुलाई उनीहरूको अभुतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो । नेपालमा दिगो मोबिलिटीलाई अगाडि […]