एनएमबि बैंकको १ लाख २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले शेयर बिक्री गर्नका लागि निवेदन दिएपछि संस्थापक शेयर खरिद बिक्री गर्दा बैंकका अन्य विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिई शेयर बिक्रीमा ल्याइएको हो । शेयर खरिदका लागि  संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनी सचिवको कार्यालय, […]

साढे २०० प्रतिशतले बढ्यो शेयर कारोबार, १४ खर्ब ५५ अर्बको कारोबार

काठमाडौं । पछिल्लो समय शेयर कारोबार अत्याधिक बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार पछिल्लो आठ महिनामा शेयर कारोबार २५० प्रतिशतले बढेको बताइएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १४ खर्ब ५५ अर्ब ८६ करोड बराबरको ३ अर्ब २५ करोड ९४ लाख ६८ हजार कित्ता शेयर कारोबार भएको छ […]

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ, विद्युत आपूर्ति सुनिश्चित गर्न महासंघको माग

काठमाडौं । नेपालमा औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङ भैरहेको उद्योगीहरुले बताएका छन् । औद्योगिक क्षेत्रमा पटकपटक  घोषित–अघोषित लोडसेडिङ दोहोरिएको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रमा लोडसेडिङको असर र समाधानका लागि आग्रह गरेको छ । पछिल्लो समयमा, देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना विद्युत कटौती गरिएको र यसले औद्योगिक उत्पादन […]

आयल निगमले बोलायो साधारणसभा, १० प्रतिशत बोनस घोषणा

काठमाडौं । नेपाल आयल निगमले आगामी चैत २९ गते ४३औँ वार्षिक साधारण सभा बोलाएको छ । चैत ४ गते बसेको निगमको सञ्चालक समितिको बैठकको निर्णयानुसार निगमको आर्थिक वर्ष २०८०/८१ को ४३ औँ वार्षिक साधारण सभाको मितिसहित १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । साधारणसभाले ४३औं वार्षिक साधारण सभाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित […]

आज एकान्तकुनासहित ललितपुरका यी ८ स्थानमा बिजुली जाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार, भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा आज दिउँसो १२ देखि २ […]

कुरिलोको मूल्य किलोमै हजार, सिताके च्याउ ७५० रुपैयाँ (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज कुरिलोको मूल्य किलोमा एक हजार र सिताके च्याउको मूल्य ७५० रुपैयाँ कायम भएको छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २२, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, […]

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, कुनको मूल्य कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरोपियन युरो,  बेलायती पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर […]

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी  वायुको साथै स्थानीय  वायुको समेत आंशिक  प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश,  गण्डकी प्रदेश र कर्णाली प्रदेशका […]

एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरु पूर्ण बिक्री

काठमाडौं । माछापुच्छ्रे बैंक कोष प्रबद्र्धक रहेको तथा माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरु आवेदन बन्द हुने मितिको अन्तिम दिनको कार्यालय समय सकिनु अगावै पूर्ण रुपमा बिक्री भएका छन् । २०८१ फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको एमबीएल इक्विटी फण्डको अन्तिम आवेदन चैत ७ गतेसम्म तोकिएको थियो । एमबीएल सामूहिक […]

पुनर्बीमा भुक्तानी प्रक्रियामा कडाइ, बीमकहरूलाई कागजात प्रमाणित गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा गर्ने प्रयोजनका लागि विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेश गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन दिएको छ । फ्याकेल्टेटिभ पुनर्बीमा प्रयोजनका लागि विदेशमा रकम पठाउन विदेशी मुद्रा सटहीका लागि प्राधिकरणमा प्रस्ताव पेश गर्दा अनिवार्यरूपमा बीमकको पुनर्बीमा […]