राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं ।प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ । आयोगले सार्वजनिक गरेको अन्तिम मदाता […]

खाडी युद्धको प्रभावः सोमबार काठमाडौंबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमण र इरानको जवाफी आक्रमणका कारण नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा प्रत्यक्ष असर परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार मात्र पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । जसमा जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडान छन् […]

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

मोरङ।  कटहरी गाउँपालिका-३ बाट स्रोत नखुलेको नगद ४ लाख ६२ हजार ५ सय रूपैयाँ सहित जहदा गाउँपालिका-२ बस्ने २४ वर्षीय विशाल टुडुलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ६६१० नम्बर पिकअप गाडी जाँच गर्ने क्रममा चालक विशालको साथबाट उक्त नगद फेला पारी […]

बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन

वासिङ्टन,। अमेरिकाले बहराइन, जोर्डन र इराकमा सुरक्षा सेवामा रहेका कर्मचारीबाहेक अन्य गैर–आकस्मिक सेवामा कार्यरत अमेरिकी नागरिकलाई ती मुलुकबाट जतिसक्दो छिटो बाहिरिन सूचना जारी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार बहराइन र जोर्डन छाड्न गैर–आकस्मिक सेवाका कर्मचारीहरूलाई आदेश दिएको हो । इरानले अमेरिका–इजरायली आक्रमणको प्रतिकार गरिरहेको अवस्थामा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यो सूचना जारी गरिएको हो […]

हतियारसहित भक्तपुरमा एक जना पक्राउ

भक्तपुर। सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ परेका छन् । भक्तपुर जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखा पालुङटार नगरपालिका–९ का स्थायी बासिन्दा हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बसोबास गर्र्दै आएका ३१ वर्षीय आयन सेढाईलाई पक्राउ गरिएको हो । निजबाट सेल्फ लोडेड राइफल, इन्सास […]

यति एयरलाइन्सको सूचना: फागुन २१ मा उडान बन्द, २२ गतेदेखि नियमित हुने

काठमाडौं ।  यति एयरलाइन्सले फागुन २१ गते उडान नभर्ने भएको छ । निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जनाएको हो । एयरलाइन्सले सार्वजनिक गरेको सूचनाअनुसार निर्वाचनका दिन सम्पूर्ण आन्तरिक उडान सेवा बन्द रहनेछ । यसबारे यात्रु तथा सरोकारवालालाई अग्रिम जानकारी गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फागुन २२ गतेदेखि नियमित उडान […]

निर्वाचनका लागि हिल्सा नाका बन्द

हुम्ला । यही फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिका–५ स्थित हिल्सा नाका बन्द भएको छ । निर्वाचनलाई लक्षित गरी चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाका आउजाउ बन्द गरिएको हो । सोमबारदेखि उत्तरी नाम्खा गाउँपालिका–५ स्थित हिल्सा नाका बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्ला जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका […]

३ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

काठमाडौं । बैकिङ प्रणालीमामा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले मंगलबार १ खर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ३ दिनको लागि निक्षेप संकलन बोललबोल उपकरणमर्फात उकत निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार मंगलबार  मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ । निक्षेप संकलनको लागी घटिमा […]

भन्सार छलीका आठ लाखभन्दा बढीका सामान बरामद

भैरहवा। रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी रु आठ लाख ४० हजारबराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ । रुपन्देही जिल्ला […]

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार सबै केन्द्रका लागि मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको जनाएको छ । सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर गएको प्रदेश निर्वाचन अधिकारी नारायण […]