राष्ट्रिय बीमा कम्पनीले बोलायो  चौथो वार्षिक साधारणसभा 

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले बोलायो  चौथो वार्षिक साधारणसभा बोलाएको छ। राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण स्वीकृत गर्ने प्रस्तावसहित चौथो वार्षिक साधारणसभा बोलाएको हो। कम्पनीको सोमबार  साँझ बसेको सञ्चालक समितिको ५२८औँ बैठकले साधारणसभा आगामी असोज २ गते शुक्रबार आयोजना गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार साधारणसभा […]

गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

काठमाडौं । म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित आयोजनामार्फत पाँच सय घरमा खानेपानी र ९१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८२/०८३ मा २२ सिँचाइ र १७ वटा खानेपानी योजना निर्माण गरी सुविधा विस्तार गरेको हो । कार्यालय प्रमुख सिनियर […]

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

काठमाडौं ।  बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत उनीहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिने भएको हो । उमेर पुगेका तर शारीरिक अशक्तता तथा अपाङ्गताका कारण नागरिकताबाट वञ्चित व्यक्तिलाई घरमै पुगेर नागरिकता दिने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन्। यसका लागि […]

‘आर्थिक ऐन २०८३’ जारी भएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

काठमाडौं । सरकारले ‘आर्थिक ऐन २०८३’ जारी गरेपछि हालसम्म जिल्लामा दुई हजार ९०६ फर्मले छुट सुविधा लिएका छन् । आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको हालसम्म रहेको बक्यौतामध्ये बक्यौता र थप एक प्रतिशत कर बुझाएमा बाँकी ब्याज, जरिवाना, विलम्ब शुल्क मिनाहा हुने व्यवस्था ऐनले गरेको हो । ऐन जारीभएसँगै बक्यौता भुक्तान गर्ने क्रम सुरु भएसँगै […]

४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

काठमाडौं । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडकको इको खण्ड आजदेखि सञ्चालनमा आएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इको क्षेत्रमा गत असार ३१ गते पहिरासँगै सडक भासिएपछि सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि आजदेखि सवारीसाधन यो बाटोमा गुड्न थालेका हुन् । सडक खुलाउन छ […]

फुलहमलाई पराजित गर्दै चेल्सीको विजयी सुरुवात

काठमाडौं । नयाँ मुख्य प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा चेल्सीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। लन्डन डर्बी अन्तर्गत सोमबार राति सम्पन्न रोमान्चक खेलमा चेल्सीले घरेलु टोली फुलहमलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। चेल्सीको जितमा स्टार फरवार्ड कोल पाल्मर, मोर्गन रोजर्स र जोआओ पेड्रोले समान एक-एक गोल गरे। खेल सुरु भएको ३१ […]

प्रभु महालक्ष्मी लाइफको साढे ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साढे ४ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आम सर्वसाधारणले समेत किन्न पाउने गरि ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि उक्त सेयर साविकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । कम्पनीले […]

बेनी हाइड्रोपावर प्रोजेक्टले भदौ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ बिक्री खुला गर्न लागेको हो। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणतर्फको निष्काशन गर्न लागेको हो। […]

इरानमाथि अमेरिकी नयाँ प्रतिबन्ध

काठमाडौं । इरानमाथि वित्तीय दबाब बढाउनका लागि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानमाथि नयाँ प्रतिबन्ध लगाइएको बताएका हुन् । नयाँ प्रतिबन्धले इरानले प्राप्त गरिरहेको आम्दानीका सबै स्रोतलाई निसाना बनाएको उनले उल्लेख गरेका छन् । नयाँ प्रतिबन्धले इरानका पाँच मुख्य सम्पत्तिलाई निसाना बनाउनेछ । इरानी नियन्त्रणमा रहेको जलमार्ग, इरानी विद्युतीय […]

१८औँ संस्करणको ‘नाडा अटो शो’ आजदेखि सुरु हुँदै, उपराष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी १८ औँ संस्करणको ‘नाडा अटो शो २०२६’ आज (मंगलबार) देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ । १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ प्रदर्शनीको औपचारिक उद्घाटन आज बिहान ९ बजेदेखि हुनेछ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार प्रदर्शनीको औपचारिक उद्घाटन आज बिहान ९ बजे हुनेछ । यस पटकको […]