किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागू

चितवन । चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ । शुक्रबार बसेको नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले नेपाली अण्डा उत्पादन तथा […]

७ वटा उद्योग र फर्मलाई कारबाही र निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सात वटा उद्योग र फर्मलाई कारबाही गर्नुका साथै निर्देशन दिएकाे छ । विभागको टोलीले आज ती उद्योग र फर्महरूको अनुगमन निरीक्षण गरी मापदण्ड विपिरत कार्य गरेकाे भन्दै उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशनसहित कारबाही गरेकाे हाे । विभागको टोलीले तारकेश्वर–५ […]

वीरगञ्ज नाकाबाट चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर ५४ अर्ब १२ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको चार महिनाको तुलनामा चालु […]

बेसमेन्ट खन्दा छिमेकीको घर चर्केको उजुरी बढ्यो

काठमाडौं । काठमाडौँ महानगरपालिकामा भवन निर्माणका लागि बेसमेन्ट खन्दा निर्माण पक्षले सुरक्षा उपाय नअपनाएका कारण छिमेकीको घर चर्केको उजुरी सङ्ख्या बढ्न थालेको छ । पछिल्लो समय घर चर्केको मात्रै नभई कोल्टिएको, घरमा बस्न असुरक्षा भएको कारण बताउँदै क्षतिपूर्तिको मागसहित उजुरी दिने छिमेकीको सङ्ख्या बढ्न थालेको कामपा सहरी व्यवस्थापन विभागका प्रमुख इन्जिनियर हरिश्चन्द्र लामिछाने जानकारी दिए […]

चिसो पहाडबाट झरेर तराईमा जडीबुटी व्यावसाय

सुनसरी । सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आएकी छन् । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटियालाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उनले राम्रो आम्दानी गर्दै आएकी छन् । भोटेका अनुसार जडीबुटी व्यवसाय उनीहरूको पुर्खौली पेसा नै हो […]

एनपीएलमा आज पनि दुई खेल हुँदै, जनकपुर र सुदूरपश्चिम तथा लुम्बिनी र पोखरा भिड्दै 

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् ।  त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हुने खेलमा आज लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स तथा साविक विजेता जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् । आजको पहिलो खेलमा ११ः४५ बजे लुम्बिनी र पोखरा भिड्दा अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर र उपविजेता सुदूरपश्चिम […]

साताकै सुनको मूल्य ८ हजार ९०० रुपैयाँले बढ्यो 

काठमाडौं । यो साता सुनको मूल्य करिब ९ हजार रुपैयाँले बढेको छ । यो साता नेपाली जबारमा सुनको मूल्य ८ हजार ९०० रुपैयाँले बढेको हो । गत मंसिर ५ गते शुक्रबार २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य त्यसको १ सातापछि मंसिर १२ गते शुक्रबारसम्म आइपुग्दा प्रतितोला २ लाख ५० हजार […]

एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा

काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक संचालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकहरुले डिशहोम गो एपमार्फत हाल भईरहेका खेलहरुको मजा आफ्नै मोबाइलमा लिन सक्छन् । ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरु सहज रुपमा हेर्न सकुन भन्ने उद्देश्यले एनपीएल प्ले प्याक संचालनमा ल्याइएको […]

नेपाल र युरोपेली सङ्घको संयुक्त आयोगको बैठक सम्पन्न

काठमाडौं । नेपाल र युरोपेली सङ्घबिचको संयुक्त आयोगको १६ औँ बैठक बेल्जियमको ब्रसेल्समा शुक्रबार सम्पन्न भएको छ । बैठकमा विकास सहयोग, व्यापार, जलवायु परिवर्तन, क्षेत्रीय सम्पर्क सञ्जाल तथा बहुपक्षीय सहकार्यलगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास ब्रसेल्सले जनाएको छ । बैठकमा दुवै पक्षले नेपाल–युरोपेली सङ्घबिचको सम्बन्ध सकारात्मक रूपमा अगाडि बढेको तथा विकास साझेदारीदेखि जनस्तरसम्मको सम्बन्धका […]

हप्ता दिनमा साढे ४ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कतिले बढ्यो ?

काठमाडौं । यो साता नेप्से परिसूचक साढे ४ प्रतिशत बढेर बन्द भएको छ । साताका सबै कारोबार दिन बढेको नेप्से परिसूचक ४.५२ प्रतिशतले बढेको हो । गत साता २५६०.२९ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता ११५.७४ अंक बढेर २६७६.०३ विन्दुमा पुगेको छ । दुई कारोबार दिन उच्च अंकले बढेको बजार त्यस पछिका तीन दिन […]