अन्नपूर्ण राठी केवल्स इन्डष्ट्रिजले आइपीओ जारी गर्ने

काठमाडौं । अन्नपूर्ण राठी केवल्स इन्डष्ट्रिज लिमिटरडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा फागुन २५ गते कम्पनी रजिष्टर्ड कार्यालतमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । सभामा आइपीओ प्रस्ताव पेश हुनेछ । यस कम्पनीले लाभांश पनि वितरण गर्ने प्रस्ताव पनि अघि सारेको छ । सभामा आर्थिक वर्ष २०८१–८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल […]

नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोषको व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा।ईन्द्रकुमार कट्टेलले हस्ताक्षर गरेका हुन। सम्झौतापछि बैंकमा कार्यरत कर्मचारीको अवकाशसम्बन्धी उपदान एवम् अन्य रकमको व्यवस्था कोषले गर्ने भएको छ । […]

होलीले सांस्कृतिक विविधताका साथै राष्ट्रिय एकताको सन्देश पनि दिन्छ: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा (होली) ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर मात्र नगरेर राष्ट्रिय एकताको सन्देश पनि दिने उल्लेख गरेका छन् । होलीको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये फागुपूर्णिमा आपसी प्रेम र एकताको एक […]

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्सु लाग्ने देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने यी प्रदेशका पहाडी क्षेत्रसहित बाँकी हिमाली भू-भागमा पनि […]

निर्वाचन भयरहित र निष्पक्ष बनाउन सामूहिक जिम्मेवारीका साथ खटिन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सबै प्रहरी कर्मचारीलाई सामूहिक जिम्मेवारीबोधका साथ कटिबद्ध हुन निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट आइतबार भर्चुअल माध्यममार्फत आयोजित कार्यक्रममा उनले निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचनपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा स्पष्ट निर्देशन दिएका […]

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

काठमाडौं। क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। बेन्जामिन सेस्कोले पछिल्ला आठ खेलमा सातौं गोल गर्दै युनाइटेडलाई जित दिलाए। समान अंक भए पनि गोलअन्तरमा अघि रहँदै युनाइटेडले एस्टन भिल्लालाई पछि पारेको हो। तालिकाको अर्को छेउमा टोटेनह्यामको जितविहीन यात्रा १० खेलसम्म लम्बिएको छ। उसले फुलह्यामसँग २–१ ले […]

भारत टि ट्वान्टी विश्व कपको सेमिफाइनलमा, सञ्जुको उत्कृष्ट ब्याटिङ

काठमाडौं । सञ्जु सामसनको उत्कृष्ट प्रदर्शनको मद्दतले भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ । कोलकाताको इडेन गार्डेन्समा सुपर एटको अन्तिम खेलमा १९६ रनको लक्ष्य पछ्याएको भारतले १९. २ ओभरमा ५ विकेट गुमाएर १९९ रन बनायो । लक्ष्य पछ्याउने क्रममा अभिषेक शर्माले आक्रामक सुरुआत गरे । तर अभिषेक शर्मा (१० […]

मध्यपूर्व तनाव चुलिँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि, विश्व बजारमा अनिश्चितता

काठमाडौं । अमेरिका र इजरायलले इरान माथि व्यापक सैन्य आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रुपमा उकालो लागेको छ । उक्त हमलामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको विवरण सार्वजनिक भएसँगै मध्यपूर्वमा तनाव चरममा पुगेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन १.३५ प्रतिशतले बढेर प्रति औंस ५,३५० डलर (साढे ८ बजे) पुगेको […]

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’

बाँके। नेपालगन्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।सरोकारवालाले कार्यक्रमको प्रभावकारिताको विषयमा अनुगमन गर्ने क्रममा विद्यालय तथा विद्यार्थीहरूमा फोहोर व्यवस्थापन, फोहोरको वर्गीकरण र वातावरणमैत्री व्यवहारमा सकारात्मक परिवर्तन देखिएको बताएका हुन् । विद्यालयहरूमा ‘रिड्युस, रियुज र रिसाइकल’ को अभ्यास, प्लास्टिक न्यूनीकरण तथा विद्यार्थीहरूमा वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि भएको पाइएको जनाइएको छ […]

थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक

म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णीमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागुपूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी […]