जोर्डनले खसाल्यो दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र

काठमाडौं । जोर्डनले दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई खसालेको छ । इजरायल र इरानले एकअर्काविरूद्ध हवाई आक्रमण गरिरहेका बेला जोर्डनले ब्यालिस्टिक क्षेप्यास्त्रलाई खसालेका हो । जोर्डनको सेनाका अनुसार देशको आकाशमा उडिरहेका दुई ब्यालिस्टिक मिसाइललाई ध्वस्त पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ । ध्वस्त पारिएका ती मिसाइल कसले प्रक्षेपण गरेको हो भन्ने स्पष्ट हुन नसकेको समाचारमा उल्लेख […]

इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो

काठमाडौं । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो । इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ । […]

कुनै दलसँग चुनावी तालमेल हुँदैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगरी चुनावमा होमिएको स्पष्ट पारेका छन् । शनिबार झापाको बाह्रदशीस्थित राजगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाचारमा आएजस्तो कुनै पनि राजनीतिक दलहरूसँग पार्टीले चुनावी तालमेल नगरेको स्पष्ट पारेका हुन् । राप्रपा मात्रै देश र जनताको पक्षमा रहेको दाबी गर्दै […]

दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दालाई समस्या भएको छ । दरखोलामा मोटरेबल पुल निर्माणका लागि चार वर्षअघि सर्वेक्षण भए पनि बजेट र योजनाको अभावका कार्यान्वयन हुन सकेको छैन । पुल नहुँदा धौलागिरि गाउँपालिकाको वडा नम्बर ३ दर र वडा नम्बर ४ को मुदीका बासिन्दा मर्कामा परेका […]

चुनावका लागि फागुन १८ गते रातिदेखि सीमा नाका बन्द हुने

वीरगञ्ज । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सीमा नाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना जारी गर्दै फागुन १८ गते मध्यरातदेखि सीमा नाका बन्द हुने जानकारी गराएको हो। सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जारी गरेको सूचनामा फागुन १८ गते सोमबार राति १२ः०० देखि […]

ओलीसमक्ष कर प्रणाली सुधार गर्न माग

काठमाडौं । झापाको दमक ९ आदर्श मंगल टोलका बासिन्दाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कर प्रणालीलाई सुधार गर्न माग गरेका छन्। शनिबार मतदातासँगको भेटका लागि ओली पुग्दा स्थानीयवासी तथा व्यवसायीहरूले कर प्रणालीलाई सेवाग्राहीमैत्री बनाइ एकद्वारबाट भुक्तानीको व्यवस्था मिलाउन माग गरेका हुन्। एउटै उद्यमी तथा व्यवसायीले दर्ता, नवीकरण तथा कर भुक्तानीका लागि अनेकौँ कार्यालय धाउँदा स्वदेशमानै उद्यमी […]

हिउँ पन्छाएर हुम्लामा सडक खोलिँदै

काठमाडौं । गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ हिल्सा सडक खण्ड र वडा–६ मा पर्ने न्यालु सडक खुलाउनका लागि काम सुरु भएको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन केही दिन बाँकी हुँदा मतादातालाई आवतजावतमा सहज बनाउन हिउँले बन्द भएका सडक खुलाउन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए। […]

कांग्रेस नेतृत्वमा सरकार बनेपछि शेरबहादुर देउवाको सम्पत्ति छानबिन हुन्छ: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस नेतृत्वमा सरकार बनेपछि सबैभन्दा पहिले शेरबहादुर देउवाको सम्पत्ति छानबिन गर्ने बताएका छन्। कांग्रेस कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। देउवा नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। २०४६ सालपछि उच्च ओहोदामा पुगेका सबैको एकएक छानबिन गर्ने बताउँदै […]

प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । यही फागुन ११ गतेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो । चालु आर्थिक वर्ष प्रथम ६ महिनामा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको […]

रोल्पामा निर्वाचन अवधिभर मदिरा बिक्री वितरण र सेवन गर्न रोक

रोल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रोल्पामा मदिराको बिक्री वितरणमा रोक लगाइएको छ । सुरक्षा व्यवस्था सुदृढ पार्न भन्दै रोल्पा प्रशासनले यस्तो रोक लगाएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्री वितरण, ओसारपसार र सेवन गर्न रोक लगाइएको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले […]