बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले विराटनगर किङ्सलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाए पछि विराटनगरले उक्त लक्ष्य पाएको हो । चितवनका लागि रबि बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक बनाए । […]

