राजश्वको लक्ष्य पूरा नभए कोही सुरक्षित नहुने अर्थमन्त्रीको जिकिर

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन्  । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन्   । सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यलय प्रमुखहरु कोही पनि सुरक्षित नहुने उनको जिकिर रहेको छ  । अर्थमन्त्री पौडेलले […]

सिटिजन लाइफको “सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग” सम्पन्न

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले “सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग” को नवौं संस्करण सम्पन्न गरेको  छ । सीप र ज्ञान विकास मुलक कार्यक्रम २०८१ भाद्रमा तीन दिनसम्म काठमाडौंमा  भएको थियो  । कार्यक्रमको मुख्य उद्देश्य विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको बिक्री विकास र व्यवसाय सञ्चालनको सन्दर्भमा सीप अभिवृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ । कम्पनीले क्षमता […]

४ खर्ब ३६ अर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको आकार ३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ खर्ब ३६ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११ अर्ब २८ करोड रुपैयाँले बढी हो । गत आर्थिक […]

मुख्यत मौसम सफा रहने, देशका कुनै भूभागमा आंसिक बर्षा हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा छ रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा  भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा  आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा […]

दशैंमा नयाँ नोट सुरक्षित रुपमा प्रयोग गर्न नेपाल राष्ट्र बैङ्कको अनुरोध

काठमाडौं । सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा रहुन् भनेर  नेपाल राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिएको छ । सफा तथा सुकिला नोटको प्रयोगले लेनदेनमा सहजता हुनुका साथै किटाणुद्वारा स्वास्थमा हुने जोखिमसमेत न्यूनीकरण गर्न सहयोग पुग्छ । नोटहरू जतन गरी प्रयोग गरेमा नोटको आयु लम्बिन गई नोट छपाइको आर्थिक भारसमेत कम हुन्छ । […]

नवरात्री पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा […]

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ […]

नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड-आधारित विप्रेषण सेवाका लागि समझदारी

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमका बिच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । दुई कम्पनी बिच भएको सम्झौताअनुसार, नबिल […]

एसजेवीएनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्याे एक करोड सहयोग

काठमाडौं । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन) को स्वामित्वमा रहेका एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । एसजेवीएनले अविरल वर्षका कारण बाढीपहिरो र डुबानमा परेकाहरूलाई राहत उपलब्ध गराउन उक्त रकम सहयोग गरेको हो । कम्पनीले आज अर्थात् (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालयमै […]

कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ राजधानीको सभागृह परिसरमा जारी

काठमाडौं । राजधानीको राष्ट्रिय सभागृहमा ”नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ चलिरहेको छ । प्रदर्शनीमा स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका च्युरालगायतमा अवलोकनकर्ताहरुको आकर्षण देखिएको छ । यस्तै प्रदर्शनीमा सिस्नो, केरा, गाँजा, बाँस, […]