सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँः सभापति थापा

गलकोट। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा ठूलो तागत सङ्गठन भएकाले त्यसैको सहारामा घर–घर पुग्नुपर्ने बताएका छन् । बागलुङ बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालको तागतमा नभएर पार्टी आफ्नै सङ्गठनको तागतमा उभिएकाले जनताको घर–घरमा पुगेर आफ्ना कुरा राख्न र भोट माग्न आह्वान गरे । सभापति थापाले सामाजिक सञ्जालमार्फत अरूलाई टीकाटिप्पणी र […]

मतपेटिका ढुवानी नेपाल प्रहरीले गर्ने : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने स्पष्ट पारेका छन् । शुक्रबार विराटनगरमा सुरक्षा निकायहरूसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले विगतको अभ्यासअनुसार नै सुरक्षाको घेरा कायम रहने समेत बताए । उनका अनुसार मतदान केन्द्र र मतगणना स्थलको सुरक्षामा पहिलो […]

नवयुवा र आममतदातालाई पार्टीको सङ्कल्प बुझाउने गरी क्रियाशील हुन कांग्रेस सभापति थापाको आग्रह

लुम्बिनी।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै मतदाताका कुरा सुन्न पार्टीका उम्मेदवार र कार्यकर्तालाई आग्रह गरेका छन् । आज बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विशेष गरी पार्टीका नेता कार्यकर्ताहरूसँग रिसाएका नवयुवाका कुरा गम्भीरतापूर्वक सुन्न आग्रह गरे । सभापति थापाले भने, “नवयुवा रिसाएका छन्, उनीहरूसँग राम्रोसँग छलफल गर्नुस् । कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै […]

गुगललाई नक्सा डाटा निर्यात अनुमति

सियोल। वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ । सरकारले शुक्रबार गरेको निर्णयसँगै कोरियामा गुगल नक्सा पूर्ण रूपमा सञ्चालन हुने बाटो खुलेको मानिएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकारी अधिकारी र निजी विज्ञहरूको समीक्षा पश्चात् […]

प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन् । साथै, उनले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने […]

‘आईटी अब सबै दलहरूको साझा एजेन्डा हो, घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमै लैजान्छौ’

काठमाडौं ।  सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि राजनीतिक दलहरूले अब चुनावी घोषणापत्रमा सीमित नभई व्यवहारमै कार्यान्वयनमा जाने प्रतिबद्धता जनाएका छन्। शुक्रबार आइसिटी फाउन्डेसन नेपालले काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको ‘डिजिटल लिडरसीप डायलग’ कार्यक्रममा बोल्दै विभिन्न दलका नेताहरूले आईटी अब साझा राष्ट्रिय एजेन्डा बनेको बताएका हुन्। उनीहरूले घोषणापत्रमा उल्लेखित प्रतिबद्धतालाई व्यवहारमा उतार्ने समय आएको स्पष्ट […]

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् । आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ्गा पुग्नुभएका मन्त्री अर्यालले त्यहाँका जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृतलगायत सरोकार भएकाहरुलाई शान्तिसुरक्षाको व्यवस्था सुदृढ बनाइएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरे । कानुन विपरीतका गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता […]

‘स्मार्ट मनी टक्स’ नारासहित धितोपत्र बोर्डद्वारा ग्लोबल मनी विक २०२६ मनाइने 

काठमाडौं । “Smart Money Talks” भन्ने नारासहित Global Money Week (GMW) 2026 आगामी मार्च १६ देखि २२, २०२६ (चैत २–८, २०८२) सम्म नेपालमा मनाइने भएको छ। Global Money Week सन् २०१२ देखि Organisation for Economic Co-operation and Development (OECD) को संयोजनमा विश्वव्यापी रूपमा मनाइँदै आएको वित्तीय सचेतना अभियान हो। यस अभियानको मुख्य उद्देश्य बालबालिका तथा […]

चुनावी अनिश्चितताकाबीच नेप्से सूचकमा झिनो वृद्धि, यो साता कारोबार रकम पनि बढ्यो

काठमाडौं । यस साता (फागुन १० गतेदेखि फागुन १४ गतेसम्म) नेप्से सूचक १२.७८ अंकले बढेको छ । बजार ०.४८ अंकले बढेर २६५४.९३ विन्दुमा पुगेको छ । आइतबार २६४०.६७ विन्दुमा कारोबार खुला भएको थियो । साताभर नेप्से सूचक उच्च विन्दु २६६६.२२ देखि न्यून विन्दु २६०८.९५ बीच कारोबार भएको छ । यस साताको ३ दिन बजार बढेको छ […]

सशस्त्र प्रहरी र भारती सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर। सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलका बाहिनीस्तर (डिआइजी तह) को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ । बिहीबार सम्पन्न बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सीमा क्षेत्रमा हुनसक्ने अवैध घुसपैठ, चोरी निकासी, लागुऔषध ओसारपसार नियन्त्रणसम्बन्धी छलफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । निर्वाचनका समयमा हुनसक्ने निर्वाचनविरोधी क्रियाकलाप, […]