श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सको मंगलबार ३ बजे बसेको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई  ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ । यही मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले नेपाल प्रहरीको सङ्गठन […]

आईआरजीडीडीकी अध्यक्ष डा. पराजुली र डिप्लोमेटिक एकेडेमी अफ ओमानका महानिर्देशक अल मानीबीच भेटवार्ता 

काठमाडौं ।  इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) की अध्यक्ष तथा ओमानका लागि पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल र डिप्लोमेटिक एकेडेमी अफ ओमानका महानिर्देशक अली अल मानीबीच राजधानी मस्कटमा भेटवार्ता भएको छ ।  उक्त भेटवार्ता फलदायी भएको आईआरजीडीडीले जनाएको छ । भेटवार्तामा ओमानसगको लामो समयदेखिको मित्रता र बलियो व्यावसायिक सम्बन्धलाई प्रतिबिम्बित भएको थियो । […]

ओलीविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गर्ने पोखरेलको घोषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । यसअघि बसेको पार्टीको सचिवालय बैठकमा पनि उनले आफू अध्यक्ष बन्ने जानकारी गराएका थिए । मंगलबार भने उनले विज्ञप्तिमार्फत उम्मेदवारी घोषणा गरेका हुन् ।  

ऊर्जा दक्षता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं ।  नेपाल बैंकर्स संघले German Development Cooperation (GIZ) सँगको सहकार्यमा REEEP–GREEN परियोजना अन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यशालामा ऊर्जा दक्षता प्रवद्र्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरको बारे छलफल भयो । बैंकहरुको ऊर्जा दक्षतामा भएको लगानी मार्फत उद्योगहरूलाई ऊर्जा खपत तथा […]

ब्यापार सहजीकरण एवं हवाईसेवा बिस्तारका लागि चेम्बरद्धारा श्रीलङकाका राजदूूतसंग छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलङकाका राजदूत रुवान्थी डेल्पितीयाबीच दुई देशको व्यापार सहजीकरण एवं हवाईसेवा विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल र श्रीलङबीच कुटनीतिक सम्वन्धका साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्वन्ध ऐतिहासिक रहेको पृष्ठभूमिमा व्यापार सहजीकरण गर्दै हवाई सेवा विस्तार गरेर पर्यटन क्षेत्रमा दुवै देशले लाभ लिन […]

यस्ता छन् मन्त्रिपरिषद्का १४ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले गरेको निर्णय सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनका अनुसार, बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्दै उक्त क्षेत्रमा मासिक भाडादर प्रतिमिटर ५ […]

जेरोनाका ५ नयाँ उत्पादन बजारमा

काठमाडौं । जेरोना वेलनेस प्रा.लि.ले आफ्ना नयाँ ५ उत्पादन बजारमा ल्याएको छ । सौन्दर्य सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले थप नयाँ ५ उत्पादन बजारमा ल्याएको हो । गत जेठमा विभिन्न १० प्रकारका उत्पादनमार्फत नेपाली बजारमा प्रवेश गरेको जेरोनाले अहिले नयाँ ५ उत्पादन पनि बजारमा ल्याएको हो । जसमा हाइड्रा टोनर, एक्सफोली फेसवास, सनसेड टिन्टेड, मोस्चराइजर र […]

बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लागत ३ खर्ब ७४ अर्ब, सरकारको ८० र विद्युत प्राधिकरणको २० प्रतिशत सेयर रहने

काठमाडौं । धादिङ र गोरखामा निर्माण हुने बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको छ । आयोजनाको निर्माण अवधि ८ वर्ष रहेको छ । निर्माण अवधिको व्याज ३२ अर्बसहित आयोजनाको लागि ४ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । निर्माण अवधिको व्याजसहित कूल लागतका […]

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचक ५.३२ अंकले बढेको छ । बजार २६५५.९९ मा पुगेर बन्द भएको छ । यस दिन ३१८ वटा कम्पनी १ लाख २ हजार पटक कारोबार हुँदा १ करोड १९ लाख ७६ हजार कित्त सेयर खरिदबिक्री भएको छ । त्यसैगरी कारोबार रकम ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँ पुगेको छ । […]