नेप्से बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं । बिहीबार नेप्से परिसूचक ६.०३ अंकले बढेको छ । बजार २६५४.९३ अंकमा पुगेर बन्द  भएको छ । यस दिन ३३५ वटा कम्पनीको सेयर कारोबार भएको छ । ४४ हजार २०४ पटक्को कारोबार हुँदा १ करोड ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम ४ अर्ब १७ करोड ४६ लाख रुपैयाँ पुगेको छ […]

शुक्रबार काठमाडौंमा डिजिटल लिडरसीप डायलग, दलहरूको डिजिटल प्रतिबद्धता कार्यान्वयनमा छलफल हुने

काठमाडौं ।  काठमाडौंमा ‘डिजिटल लिडरसीप डायलग’को दोस्रो संस्करण आयोजना हुने भएको छ। आइसिटी फाउन्डेसन नेपालले फागुन १५ गते शुक्रबार नक्सालस्थित लिसारा रिसेप्सनमा ‘उम्मेदवार मेला २०२६’ अन्तर्गत डिजिटल लिडरसीप डायलग आयोजना गर्न लागेको हो। कार्यक्रम बिहान साढे ८ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो घोषणापत्रमा समावेश गरेका सूचना प्रविधि र डिजिटल रूपान्तरणसम्बन्धी प्रतिबद्धताहरूलाई […]

एनसेल ‘सिग्नेचर प्लान’ अब झन् विशेष, दामी एक्सपिरियन्ससँगको सहकार्यमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँगको साझेदारीमा ४०० भन्दा बढी आउटलेटहरूमा प्राप्त गर्न सकिने विशेष अफर सार्वजनिक गरेको छ। मङ्गलवार एक सम्झौता पत्रमा दुई कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेसँगै यो अफर औपचारिक रूपमा सुरु भएको हो।  सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले हस्ताक्षर गरेका थिए। यस […]

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताएको छ । आयोगले आज यहाँ आयोजना गरेको नेपालस्थित कूटनीतिक नियोगका अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । कार्यक्रममा नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरुको उपस्थिति थियो । आयोगका सचिव कृष्णबहादुर राउतले निष्पक्ष निर्वाचन गराउन […]

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ तले केन्द्रीय कार्यालय भवन उद्घाटन

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ केन्द्रीय कार्यालय भवन बुधबार भव्य समारोहका बीच उद्घाटन गरेको छ। काठमाडौं महानगरपालिका–३, पानीपोखरीस्थित करिब ६० हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको १२ तले भवन (२ तला पार्किङसहित) संस्थागत सुदृढीकरण, सेवा विस्तार र प्रविधिमैत्री पूर्वाधार विकासको लक्ष्यसहित तयार गरिएको कम्पनीले जनाएको छ। फागुन १४ गते (फेब्रुअरी २६) आयोजित कार्यक्रममा […]

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन।  देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै किसिमको रौनक देखिएको छैन । रत्ननगर नगरपालिका–८स्थित माझी, मुसहर टोल निर्वाचनको रौनकतादेखि टाढा छ । २९ घरपरिवार माझी, मुसहर भएको सो टोलकी अध्यक्ष बासमती माझी निर्वाचन नजिकिए पनि कुनै उम्मेदवारको नजर आफ्नो बस्तीमा नपरेको बताउ छन् । उनले भने, “अहिलेसम्म यहाँका मतदाता भेट्न कुनै उम्मेद्वार […]

चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास

काठमाडौं । युक्रेनमा रुसको युद्ध र व्यापारिक मतभेदका बाबजुद चीनका राष्ट्रपति सी जिनपिङ र जर्मनीका चान्सलर फ्रेडरिक मर्जले विश्वव्यापी अशान्तिको युगमा दुई देशबीचको रणनीतिक साझेदारीलाई गहिरो बनाउने प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ । बेइजिङमा भएको भेटमा सीले भन्नुभयो, “संसार जति जटिल र अशान्त हुन्छ, त्यति नै चीन र जर्मनीले आपसी विश्वास र रणनीतिक सञ्चार […]

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौँ । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को नीतिलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत नियमन गर्न विभिन्न वाचा गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले सहकारी क्षेत्रमा देखिएका चुनौती सम्बोधन गर्न बचत सुरक्षण कोषको प्रभावकारी कार्यान्वयन र ठगीविरूद्ध शून्य सहनशीलताको नीति अघि सारेको हो । सहकारी क्षेत्रमा देखिएका […]

हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास

काठमाडौं । लागुऔषध गिरोहका शक्तिशाली नेताको मृत्युपछि भड्किएको हिंसाले मेक्सिकोको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्षले भने आगामी विश्वकप आयोजना क्षमतामा पूर्ण भरोसा व्यक्त गरे । तीन महिनाभन्दा बढी समय बाँकी रहँदा देशले सह–आयोजकका रूपमा जिम्मेवारी सम्हाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेको छ तर फिफाका अध्यक्ष जियानी इन्फ्यान्टिनो विश्वस्त […]

दाङका तीन वटा निर्वाचन क्षेत्र जोड्ने सडक पाँच वर्षदेखि अलपत्र

तुलसीपुर । दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको छ । घोराही तुलसीपुर–८ भैसापत्रामा क्षेत्र नं २ जोडिन्छ भने घोराही–५ डाँगीगाउँमा क्षेत्र नं १ जोडिन्छ । त्यस्तै, घोराही–८ निर्वाचन क्षेत्र नं २ मा पर्छ भने घोराही–५ निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलसीपुर उपमहानगरपालिका–१४ निर्वाचन […]