सीमा क्षेत्रका मतदानस्थलको निरीक्षण

इनरुवा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्रमा रहेका मतदान स्थलको अनुगमन गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले कोशी प्रदेश तथा सुनसरी जिल्लाअन्तर्गतका सुरक्षा निकायले संयुक्त रूपमा बुधबार मतदानस्थलको अनुगमन सुरु गरेका हुन् । निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल […]

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी

काठमाडौं । एनआईसी एशिया बैंकले सञ्चालनमा ल्याएको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने अनलाइन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूका बारेमा विस्तृत जानकारी समेटिएको जनाएको छ । बैंकले बैंकिङ सम्पत्तिहरू, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले उक्त अनलाइन पोर्टल सार्वजनिक गरेको थियो । ग्राहकहरूले […]

आईएमई र साउदीको डिजिटल वालेट टिक्मोबीच कारोबार विस्तारको सम्झौता

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमई र साउदीको अग्रणी डिजिटल वालेट टिक्मोबीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता भएको छ । माघ २७ गते साउदी अरबको राजधानी रियादमा सम्पन्न एक विशेष कार्यक्रमबीच सम्झौतामा आईएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अलअज्लानले हस्ताक्षर गरे । कार्यक्रममा साउदीको लागि नेपालको एक्टिङ एम्बेसडर […]

‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’

बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्न गाउँमा पुगेका उम्मेदवारलाई मतदाताले बाँदर आतङ्कले गाउँमा बस्न गाह्रो भएको गुनासो पोखेका हुन् । जैमिनी नगरपालिका–५ की कुमारी थापाले बसाइँसराइका कारण गाउँ रित्तो […]

आइसिएफसि फाइनान्सको ऋणपत्रमा आजसम्म मात्रै आवेदन दिने सकिने

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ मा आवेदन दिन आज अन्तिम दिन रहेको हो । फाइनान्सले प्रतिऋणपत्र १ हजार अंकित दरका ५० करोड रुपैयाँ […]

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन १४ गते) अन्तिम दिन रहेको हो । कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको […]

धार्मिक एकताको नमूना : मर्‍याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले जिल्लाको अरुण गाउँपालिकास्थित मर्‍याङडाँडामा त्रि–धार्मिकस्थल निर्माण गरिएको छ । यहाँ एउटै परिसरमा हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरिएका हुन् । धर्मका नाममा विभाजन होइन, एकता र सहिष्णुताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित अरुण आध्यात्मिक प्रतिष्ठानले करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको यस […]

टी–२० विश्वकप : सुपर एटबाट बाहिरीने पहिलो टोलि श्रीलंका

काठमाडौं । घरेलु मैदानमा न्यूजिल्यान्डसँग पराजित हुँदै श्रीलंका टी–२० विश्वकपको सुपर एट चरणबाट बाहिरिएको छ । लगातार दोस्रो हारसँगै सह आयोजक राष्ट्र श्रीलंका सुपर एटबाट बाहिरिने पहिलो टोलि बनेको हो । श्रंलंका न्यूजिल्यान्डसँग ६१ रनको पराजित भएको हो । जितका लागि १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १०७ रन मात्रै बनाउन सक्यो । उसको सुरुआत अत्यन्तै […]

निर्वाचनका आउन ७ दिन बाँकीः कर्णालीमा ३५९ वटा मतदानस्थल अति संवेदनशील

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अति संमवेदनशील, ४२२ वटा संवेदनशील र १६० वटा सामान्य रहेको जानकारी दिए । प्रदेशमा रहेका ९४१ […]

सुपरमाई हाइड्रोपावरको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुपरमाई हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । बुधबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य ५९१ रुपैयाँ ६७ पैसा कायम […]