निजी क्षेत्रको नेतृत्वमा अर्थतन्त्र अघि बढे रोजगारी सिर्जना हुन्छ : अध्यक्ष चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको नेतृत्वमा अर्थतन्त्र अघि बढे विभिन्न अवसर मिल्ने बताएका छन् । उनले शनिबार महासंघको भवनमा आयोजना गरिएको ‘घोषणापत्रमा निजी क्षेत्र’ विषयक पत्रकार सम्मेलनको क्रममा सो कुरा बताएका हुन् । अध्यक्ष ढकालले निजी क्षेत्रको नेतृत्वमा अर्थतन्त्र अगाडी नबढाएसम्म रोजगारी र स्वरोजगारका अवसर पर्याप्त रूपमा सिर्जना नहुने बताए […]

