आयात निर्यातको पहिलो नम्बरमा भटमास तथा भटमासको तेल

काठमाडौं । आयातित कच्चा पदार्थमा निर्भर वैदेशिक व्यापारको कारण आयात र निर्यात दुवैको पहिलो नम्बरमा भटमास अर्थात् भटमासको तेल रहेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुरुप कच्चा पदार्थको रुपमा सबैभन्दा धेरै आयात रकम बराबरको भटमास आयात गरिएको छ । भने निर्यात रकममा सबैभन्दा धेरै रकम बराबरको भटमासको तेल निर्यात गरिएको छ । […]

जनकपुरद्वारा विराटनगरको १३६ रनको चुनौति 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङसले जनकपुर बोल्ट्सलाई जितका लागि १३६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाए पछि जनकपुरले उक्त लक्ष्य पाएको हो । विराटनगरका लागि शुभम रञ्जनेले सर्वाधिक ३७ रनको योगदान दिए । बासिर […]

वीरगञ्ज भन्सारले ४ महिनामा ७५ अर्ब ५८ करोड रुपैयाँको राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो । चालु आवको साउन, […]

जेन-जी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडौं । जेन्जी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । जेन–जी विद्रोहको भावना तथा जनआकांक्षमाथि कुठाराघात गरेको भन्दै जेन– जी मुभमेँन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको हो । जेन–जी मुभमेन्टले प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्लाई सार्वजनिक रुपमा बहिस्कार गर्दै अवज्ञा गर्न पनि देशबासीसँग आह्वान गरेको छ । ‘हामी सुशीला कार्कीलाई तत्काल पदबाट राजीनामा दिन र जेन–जी […]

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख संकलन

काठमाडौं। सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबारसम्म उक्त कोषमा आइतबारसम्म ९ करोड ३० लाख जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ। कोषमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को तर्फबाट १ करोड एक लाख जम्मा भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले एक करोड एकलाख बराबरको भौचर अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका थिए। त्यसैगरी भौतिक पूर्वाधार […]

प्रधानमन्त्री कार्यालयको आग्रह :  कर्मचारी  कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न नउठाउनु

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा बाहिर आएका समाचारप्रति प्रधानमन्त्री कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले सचिवालयमा श्रीमतीसहितका नातेदारलाई जागिर खुवाएको विषय बाहिरिएपछि प्रधानमन्त्री कार्यालयले प्रष्टीकरण दिएको हो। प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जेनजी आन्दोलनको बलमा स्थापित सरकारका प्रधानमन्त्री मितव्ययिता, पारदर्शिता […]

३२ सय मिटर उचाइमा रहेको जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले तीन हजार […]

अर्घाखाँची सिमेन्टलाई किन तिराइयो दुई लाख बढी जरिवाना?

काठमाडौं । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ। विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो। विभागले आइतबार रूपन्देही र काठमाडौँका […]

रिभर फल्स पावरको लिलामी शेयरका शिलबन्दी बोलपत्र आज खुल्दै

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरका शिलबन्दी बोलपत्रहरू आज सोमबार खोलिने भएका छन्। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार मङ्सिर ८ गते सोमबार दिउँसो १ बजेदेखि क्यापिटलको कमलादीस्थित कार्यालयमा बोलपत्र खोल्ने कार्यक्रम तय गरिएको छ। कम्पनीले कार्तिक २६ गतेदेखि मङ्सिर ३ गतेसम्म अवितरित १० लाख ३८ हजार ९ सय २४ […]

कुमारी बैंकका ग्राहकले बन्दिपुर केबलकारमा छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेड बिच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई बन्दिपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबाट प्रदान गरि आएको सेवाहरुमा कुमारी बैंकका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट […]