चुनाव नजिकिँदै गर्दा सेयर लगानीकर्ता भने ‘पर्ख र हेर’को अवस्थामा

काठमाडौं । चुनाव नजिकिँदै गर्दा सेयर बजारमा लगानीकर्ताहरु ‘पर्ख र हेर’को स्थितिमा छन् । आगामी नयाँ सरकार गठन भएपछि कुन प्रकारको नीति निर्माण हुनेछ, कुन दलको सरकार बन्नेछ, र सरकारले सेयर बजारलाई प्राथमिकता दिने नीति अपनाउनेछ कि छैन भन्ने विषयमा स्पष्टता नभएकाले लगानीकर्ताहरुले अहिले सक्रिय रुपमा लगानी गर्न हिचकिचाइरहेका छन् । यसै कारण दैनिक कारोबार रकममा […]

सात निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले बिहीबार सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा समावेश गरिएको जनाएको हो। जिम्मा लिएको निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न नगरेको पाइएपछि कारबाही गरिएको सूचनामा उल्लेख छ। सार्वजनिक खरिद ऐन, २०६३को दफा ६३ […]

ग्यालेक्सी अनप्याक्डमा नवीनतम इनोभेसनको प्रदर्शन – २५ फेब्रुअरीमा प्रत्यक्ष स्ट्रिमिङ

काठमाडौं । सामसङले आफ्नो Galaxy इनोभेसनको अर्को अध्याय ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सार्वजनिक गर्न तयारी गरेको छ । यो  कार्यक्रम २५ फेब्रुअरी २०२६  राति ११:४५ बजे विश्वव्यापी प्रत्यक्ष स्ट्रिमिङ मार्फत हेर्न सकिनेछ । यस कार्यक्रममा ब्रान्डका मोबाइल प्रविधिमा भएका नवीनतम प्रगतिहरू प्रदर्शन गरिनेछन्, जसले प्रयोगकर्ताहरूलाई दैनिक जीवन सहज बनाउन डिजाइन गरिएका बुद्धिमान, AI-समर्थित अनुभवहरूको नयाँ युग […]

चुनावमा खटिएका सुरक्षाकर्मी घाइते भए सरकारले उपचार गर्ने

काठमाडौं । सरकारले आगामी निर्वाचनमा घाइते भएका सुरक्षाकर्मीहरूको उपचार सरकारले निःशुल्क उपचार गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त कुरा जानकारी गराए । सो अवधिमा कोही पनि सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको उनले बताए ।

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना सार्वजनिक गरेको छ । मुलुकमा वार्षिक ३० लाख पर्यटक भित्र्याउन सरोकार भएका निकायसँगको समन्वयमा पहल गर्ने प्रतिज्ञा गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रसले चुनावी वाचा गर्दै आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको हो । कांग्रेसले […]

निर्वाचन सामग्री र मतपत्र पचहत्तर जिल्लामा पुर्याइयो

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ । काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जनाएको छ । ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । काठमाडौँ र […]

यी देशहरुमा अझै छैन स्टक एक्सचेन्ज, कुन-कुन हुन् ?

काठमाडौं । विश्वका ३३ राष्ट्रमा अझै पनि सेयर कारोबार गर्नका लागि स्टक एक्सचेन्ज स्थापना भएको छैन ।  यी देशहरुमा स्टक एक्सचेन्ज नहुनुका कारणहरु फरक फरक छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार धेरै अफ्रिकी र केही एसियाली देशहरुमा राजनीतिक अस्थिरता, द्वन्द र कमजोर वित्तीय प्रणालीका कारण बजार विकास गर्न सकिएको छैन । सोही क्रममा अफगानिस्तान दशकीय द्वन्दका कारण […]

निर्वाचनको मुखमा ग्यासको आयात बढाइयो, अभाव नहुने निगमको दाबी

काठमाडौं । नेपाल आयल निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको बताएको छ । निर्वाचनको समयमा हुन सक्ने सम्भावित मागलाई सम्बोधन गर्न निगमले ग्यास आयातको परिमाणमा उल्लेख्य वृद्धि गरेको कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए । कार्यकारी निर्देशक भट्टका अनुसार निर्वाचनको समयमा बजारमा ग्यासको अभाव हुन नदिन […]

कञ्चनपुरको मणिकाधाममा पहिलोपटक विद्युत् सेवा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ । यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले करिब रु ६५ लाख लागतमा मुडकादेखि धारापानीसम्म करिब पाँच किलोमिटर क्षेत्रमा ८२ पोल जडान गरी ‘ट्रान्सफर्मर’ स्थापना गरेर विद्युत् आपूर्ति सुरु गरेको […]

कारोबारमा आधारित २८७ खर्ब तरलता प्रशोचन

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थालमा तरलता (लगानीयोग्य) रकम प्रशस्त रहेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २८७ खर्ब १२ अर्ब ४० करोड कारोबारमा आधारित तरलता प्रशोचन भएको छ । जसमा निक्षेप संकलन बोलकबोलमार्फत् १४ खर्ब २५ अर्ब ५० करोड, स्थायी निक्षेपमार्फत् २७० खर्ब ८६ अर्ब ९० […]