ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ
वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको दाबी गर्दै आफ्नो प्रशासनको आर्थिक र विदेश नीतिलाई सफल सावित गर्न प्रयास गरेका छन् । घट्दो अनुमोदन दर र आगामी मध्यावधि चुनावको सन्दर्भमा आएको यो भाषण उनको पहिलो कार्यकालकै सबैभन्दा लामो सम्बोधन बनेको छ । […]

