भ्यासलिनले नेपालमा सार्वजनिक गर्‍यो’ShowStopper Skin’ सँगै ग्लुटा–ह्या’

काठमाडौं । युनिलिभर नेपालअन्तर्गतको ब्रान्ड Vaseline ले आफ्नो विश्वव्यापी रूपमा सफल उत्पाद Vaseline Gluta-Hya लाई नेपाली बजारमा ‘ShowStopper Skin’ नामक एक प्रभावशाली प्रत्यक्ष कार्यक्रममार्फत सार्वजनिक गरेको छ। सामान्य ढाँचालाई तोड्न र जिज्ञासा जगाउन तयार गरिएको यो ‘ShowStopper Skin’ कार्यक्रमले परिचित सार्वजनिक स्थानहरूलाई एक दृश्यात्मक अचम्मको नजारामा परिणत गर्‍यो। कुनै पूर्व घोषणा वा ब्रान्डको चिन्ह नदेखाई, भिडभाड […]

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात, दर्शनार्थीलाई सास्ती

काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा सोमबार दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ । मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ क्षेत्रमा जारी हिमपात यो सिजनकै सबैभन्दा बाक्लो भएको बताए । ‘मुक्तिनाथ क्षेत्रमा यसअघि छपटक सम्म हिउँ परेको भए पनि आज परेको हिमपात वजनदार […]

प्रधानमन्त्री कपः त्रिभुवन आर्मी क्लब १३८ रनले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ । यहाँ वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १३८ रनले पराजित गरेको हो । सुरुआती ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै २६८ रन जोडेको थियो । […]

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसंग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ । अटोमोवाइल प्रतिनिधिहरुसंगको सो भेटघाट तथा छलफलमा अध्यक्ष उपे्रतीले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै नेपालको अटोमोवाइल क्षेत्रलाई माथी उठाउन बर्तमान सरकारबाट आवश्यक नयाँ नीति नियमहरु आउने अपेक्षा रहेको बताउदै […]

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान । इरान का विदेशमन्त्री सेयद अब्बास अराघची ले जारी क्षेत्रीय द्वन्द्वका विषयमा रुस र भारत का विदेशमन्त्रीहरूसँग टेलिफोनमार्फत छुट्टाछुट्टै छलफल गरेका छन् । इरानको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणअनुसार उहाँले सेर्गेई लावरोभ र सुब्रमण्यम जयशंकर सँग पश्चिम एसियामा भइरहेको पछिल्लो अवस्थाबारे तथा संयुक्त राज्य अमेरिका र इजरायलका आक्रमणका कारण उत्पन्न सुरक्षा र आर्थिक प्रभावबारे […]

राजनीतिक अस्थिरताबीच लिबियाको तेल उत्पादनमा सुधार

त्रिपोली। लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल पुगेको छ, जुन पछिल्लो एक दशकयताकै उच्च स्तर भएको जनाएको छ । राष्ट्रिय तेल निगमका प्रमुख मसूद सुलेमानका अनुसार उत्पादनमा आएको यो वृद्धि देशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको छ । उनले हालै सम्पन्न एक बैठकमा जानकारी दिँदै फेब्रुअरी महिनामा तेल बिक्रीबाट […]

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी। चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल तथा अन्नपूर्ण गाउँपालिका–४ मै रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि उनीहरुले अनुमति लिएका हुन् । धौलागिरि आरोहणका लागि दुई समुहका आठ महिलासहित १७ जनाले अनुमति […]

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने बैतडी दोगडाकेदार गाउँपालिका-५ घर भएका ३४ वर्षीय विरेन्द्र बहादुर चन्द र नवलपरासी पश्‍चिम रामग्राम नगरपालिका-१३ घर भएका ३८ वर्षीय महाविर नाउ रहेका छन् । पक्राउ मध्ये […]

न्यूनतम पारिश्रमिक नदिने रोजगारदातामाथि सरकारले कारबाही गर्ने

काठमाडौं । सरकारले अस्पतालका नर्सिङ स्टाफ, निजी विद्यालयका शिक्षक र विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकहरूलाई तोकिएको न्यूनतम पारिश्रमिक नदिने रोजगारदातामाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ‘तालिमी’ का नाममा भइरहेको श्रम शोषणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा श्रम ऐनको अनिवार्य पालना गर्न निर्देशन […]

ऊर्जा महँगीको चपेटामा श्रीलङ्का, ग्यास मूल्यमा ठूलो वृद्धि

कोलम्बो। मध्यपूर्वमा जारी द्वन्द्वको प्रत्यक्ष असर झेल्दै श्रीलङ्काले घरेलु तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) को मूल्य सोमबार झन्डै एक चौथाइले बढाएको छ । यसले आर्थिक रूपमा पुनःउत्थानको प्रयासमा रहेको देशमा थप दबाब सिर्जना गरेको छ । सरकारले विश्व बजारमा बढ्दो मूल्यलाई कारण देखाउँदै ग्यासको मूल्य वृद्धि गरेको हो । श्रीलङ्का पूर्ण रूपमा ग्यास र तेल आयातमा […]