नेपाल प्रहरीको रासन रकम बढाउने सरकारको निर्णय
काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ देखि लागू हुने गरी रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।

