विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । परिपक्व अवधि सात वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०८९’ नाम दिइएको छ । ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा […]

फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो: गृहमन्त्री अर्याल

काठमाडौं । गत भदौ अन्तिम साताको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको ‘म्यान्डेट’ नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने र निर्वाचित सरकारलाई वैधानिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने हो । सोही बमोजिम सरकारले आफ्नो पहिलो प्राथमिकता निर्वाचनलाई बनायो र संवैधानिक व्यवस्थाअनुरुप नै ६ महिनाभित्रै निर्वाचन सम्भव पनि हुँदैछ । यही फागुन २१ गते हुन गइरहेको निर्वाचनका अब केही […]

वसन्तपुरमा चिर ठड्याइयोः होली पर्व सुरु

काठमाडौं । फाल्गुन शुक्ल अष्टमीका अवसरमा आज बिहान वसन्तपुरस्थित हनुमानढोका दरबारअघि फागुको चिर ठड्याइएपछि विधिवत् रूपमा फागु पर्व सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ७ः१३ बजे चिरोत्थान गरिएको हो । निवृत्तभरण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरले मागेअनुसार आज बिहान ०७ः१३ बजे पूर्वफर्केर चिर ठड्याउने साइत दिइएको समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले […]

किम यो जोङको शक्तिशाली उदय: उत्तर कोरियाको शीर्ष केन्द्रीय समितिमा पदोन्नति

प्योङयाङ । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टी अफ कोरियाले नेता किम जोङ उनका सबैभन्दा विश्वासपात्र मानिने बहिनी किम यो जोङलाई शीर्ष केन्द्रीय समितिभित्र विभाग निर्देशकको जिम्मेवारीमा पदोन्नति गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ। यो निर्णयलाई सत्ता संरचनाभित्र उनको प्रभाव औपचारिक रूपमा अझ बलियो बनाइएको संकेतका रूपमा हेरिएको छ। पाँच वर्षमा एकपटक आयोजना हुने पार्टीको शिखर सम्मेलनका लागि […]

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैंक खाता

काठमाडौं ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम्मेदवारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भाग लिएका ६८ दलमध्ये नौ दलले मात्र खाता खोलेका छन् । आजसम्म खाता खोल्ने दलहरुमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, […]

सात महिनामा निर्जीवन बीमाको व्यापार २८ अर्ब २७ करोड

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले २०८२\८३ को ७ महिनमा २८ अर्ब २७ करोड ४६ लाख रुपैयाँ बढीको व्यापार गरेका छन् । यस अवधिमा १४ ठूला निर्जीवन बीमा कम्पनी  हरुले १६ लाख ५६ हजार ३३६ वटा बिमालेख बिक्री गर्दै २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । माघ महिनामा मात्र २ […]

मिथिलाञ्चलमा आजदेखि होली

जलेश्वर। पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत रुपमा सुरु भएको छ । पन्ध्रदिने परिक्रमामा आएका साधु, सन्त, महात्मा र जोगी सन्यासीको उपस्थितिमा धार्मिक अनुष्ठान गर्दै आज बिहान भगवान् मिथिलाविहारी (रामचन्द्र)ले किशोरीजी (माता सीता)सँग महोत्तरीको कञ्चनवनमा होली खेलेपछि आजैदेखि सम्पूर्ण मिथिलाञ्चलमा होली पर्वको शुभारम्भ भएको परिक्रमा यात्रामा सहभागी […]

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवद्र्धनप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बतएकी छिन् । प्रधानमन्त्रीले आज जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ६१औँ सत्रलाई सम्बोधन गर्दै सुदृढ नीतिगत, कानुनी तथा संस्थागत संयन्त्रमार्फत मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा नेपाल निरन्तर क्रियाशील रहेको बताइन । नेपालको संविधानले मानव अधिकार तथा मौलिक स्वतन्त्रतालाई लोकतान्त्रिक […]

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं ।  आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य  १ हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ८०० र १ तोला चाँदीको मोल रु ५ हजार ५८५ निर्धारण भएको छ । सोमबार एक […]

व्यवसायीलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन

देवदह । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले हालसम्म पनि करको दायरामा नआएका व्यावसायिक प्रतिष्ठानलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । प्रत्येक वडाका टोलटोलमा रहेका व्यावसायिक प्रतिष्ठान (पसलहरू)मा पुगेर राजस्वका बारेमा बुझाएर सबैलाई करको दायरामा ल्याउन अभियान सञ्चालन गर्न लागिएको नगर उपप्रमुख उमा अधिकारीले बताइन । सोमबार भैरहवास्थित नगर कार्यपालिकाको कार्यालयमा बसेको राजस्व परामर्श […]