सुक्खा बन्दरगाहका लागि निर्माण सामग्री आयातमा भन्सार छुट दिने प्रक्रिया अगाडि बढ्यो

महेन्द्रनगर (कञ्चनपुर) । यहाँको दोधारा–चाँदनी नगरपालिकामा निर्माण भइरहेको सुक्खा बन्दरगाहका लागि आवश्यक निर्माण सामाग्री र औजार आयातमा भन्सार छुटका लागि सिफारिस गरिएको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भन्सार छुटका लागि स्वीकृति प्रदान गरी कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको राससलाई जानकारी दिए । सुक्खा बन्दरगाह […]

आठ लाख ३७ हजार नयाँ मतदाता थपिए

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स)  मार्फत तीन लाख ४४ लाख नौ सय […]

पेरिसडाँडामा जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड

काठमाडौं । वाइसीएल नेपालले आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा ‘जेनजीसँग नेकपा कार्यक्रम’को आयोजना गर्ने भएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्ययतामा ‘जेनजीसँग नेकपा’ कार्यक्रम हुन लागेको हो । कार्यक्रम मध्याह्न १२ बजे सुरु हुने बताइएको छ । कार्यक्रममा प्रचण्डको अलावा अन्य शीर्ष नेताहरू पनि सहभागी हुनेछन् । जेनजीहरुले चाहेको नेपाल र […]

बिज् एजुकेशन द्वारा प्रस्तुत ‘डेस्टिनेशन यूके – सिरिज २’ कार्यक्रम ११ डिसेम्बरमा होटल एभरेस्टमा हुने

काठमाडौं । बिज् एजुकेशनको प्रस्तुती तथा रियल ड्रीम्स एजुकेशनको सहयोगमा निर्माण गरिएको “डेस्टिनेशन यूके – सिरिज २” कार्यक्रम आगामी २०७९ मंसिर २५ गते (डिसेम्बर ११, २०२५) मा काठमाडौंको प्रतिष्ठित होटल एभरेस्टमा भव्य रूपमा आयोजना हुने भएको छ। जुपिटर मिडिया प्रा.लि.को उत्पादनमा तयार यो दूरदर्शन कार्यक्रम हालै नै न्यूज २४ टेलिभिजनमार्फत प्रशारण हुँदै आएको छ, जसले […]

भृकुटीमण्डपमा एमालेको जनसभा

काठमाडौं । नेकपा एमालेले आयोजना गरेको वृहत् जनसभा सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा एमालेले आज ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ जनसभाको आयोजना गरेको हो । जनसभाको आयोजना बागमती प्रदेश कमिटीले गरेको हो । एमाले बागमती प्रदेश कमिटीको अगुवाइमा प्रतिनिधिसभाको पुनर्स्थापना र गणतन्त्रको रक्षाको लागि भन्दै जनप्रदर्शन जनसभाको आयोजना […]

पृथ्वी राजमार्ग आजदेखि दैनिक ४ घण्टा बन्द हुने

कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ। मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ। मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको छ। योजना […]

उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्दै काठमाडौँ महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महिला उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्ने भएको छ । कामपामा बसोबास गर्ने हातमा केही न केही सीप भएका महिलाहरूले अब खाली बस्नु नपर्नेगरी नीति तयार गर्न लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उद्यमशीलतासँग सम्बन्धित ‘एक वडा, एक नमूना कार्यक्रम’ ले नतिजा प्रदान गर्न थालेको उपप्रमुख डङ्गोलको भनाइ छ । उनले महिला […]

ट्रेड युनियनको आन्दोलनले योयो प्लाइउड उद्योग बन्द, छ सय बढी मजदुर बेरोजगार

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि पछिल्लो तीन महिनादेखि बन्द हुँदा त्यहाँ कार्यरत छ सयभन्दा बढी मजदुरहरू रोजगारविहीन हुन पुगेका छन् । ‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ’ नामक ट्रेड युनियनको नाममा भएको आन्दोलनका कारण देखाउँदै व्यवस्थापनले उद्योग बन्द गरेपछि मजदुरको रोजगारी खोसिएको हो । रोजगारी गुमेपछि मजदुरहरू अहिले मजदुर सङ्गठनभन्दा पनि […]

घिसिङको स्थलगत निरीक्षण पछि : कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

सिरहा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ । तराई-मधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गतको यो पुल २०६८ सालमा तीन वर्षभित्र सक्ने गरी सम्झौता भएको भए पनि १४ वर्ष बितिसक्दा पनि अपूरै रहेको थियो […]

बागमती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वाग्मती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिएका छन् । आज बिहान वाग्मती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उनी वाग्मती करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइमा जोड दिए। मन्त्री घिसिङले नदी सफा […]