हाइड्रोपावर कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी २८ अर्ब २० करोड, नाफा ७ अर्ब रुपैयाँ माथि

काठमाडौं । हाइड्रोपावर कम्पनीहरुले ७ अर्ब रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पुसमसान्तसम्म सूचीकृत ९३ वटा हाइड्रोपावर कम्पनीहरुले समग्रमा ७ अर्ब ५ करोड ८१ लाख नाफा कमाएका छन् । जसमध्ये १७ वटा कम्पनीले खुद घाटा व्यहोरेका छन् । बाँकी कम्पनी भने नाफामा छन् । यता, रसुवागढी हाइड्रोपावरको घाटा १ अर्ब भन्दा […]

एआई साझा हितका लागि : भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केही शक्तिशाली देश वा कम्पनीको सीमित साधन नभई विश्वव्यापी साझा सम्पत्ति बन्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनले एआई प्रविधि खुला, पहुँचयोग्य र समावेशी भए मात्रै यसको वास्तविक लाभ मानव समुदायले पाउने बताए । ग्लोबल एआई शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले एआईको ‘लोकतान्त्रिकरण’ अपरिहार्य रहेको उल्लेख […]

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

मोरङ । बिहीबार विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । सो बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ । मोरङ, झापा र सुनसरी तथा भारतका किसनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबीच सम्पन्न सो बैठकले आगामी निर्वाचनका सुरक्षाका विषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस […]

सेयर बजार सुधारमा रास्वपाको जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वाचापत्रमार्फत सेयर बजार सुधारलाई उच्च प्राथमिकतामा राखेको छ। पार्टीले पूँजी बजारलाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउँदै आम नागरिकको पहुँच विस्तार गर्ने योजना सार्वजनिक गरेको हो। रास्वपाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को पुनर्संरचना गर्दै निजी क्षेत्रको सहभागिता बढाउने प्रस्ताव अघि सारेको छ। […]

काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान

काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन (अनन्त) ले लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुन सक्ने तर्क गरेका छन् । गृह जिल्ला रोल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोल्पाबाट नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका पुनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने बताएका हुन् । कुन ठाउँमा के […]

निर्वाचन सुरक्षा : सशस्त्र हेडक्वार्टरबाट १६ सय जनशक्ति जिल्ला खटाइयो

काठमाडौं । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले १६ सय जनशक्ति जिल्ला खटाएको छ । शुक्रबार सशस्त्र हेडव्वार्टरबाट १६ सय जनशक्ति बाहिरी जिल्लाका लागि खटाइएको हो । २१ फागुनमा हुने प्रतिनिधि सभा लक्षित सुरक्षाका लागि उपत्यकामा रहेका जनशक्तिहरूलाई बाहिरी जिल्लाहरूमा सबै सुरक्षा निकायले परिचालन गर्न सुरु गरेका छन् ।

कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन चाहेको बताएका छन् । काठमाडौँको राष्ट्रिय सभागृहमा आज ‘हाम्रो प्रतिज्ञा तपाईँको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा सभापति थापाले भने, “कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन । जोसुकै जोस्, सभापति होस् कि […]

राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा

धरान (सुनसरी) । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता, नयाँ पुस्तामा बढ्दो असन्तुष्टि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न परिपक्व नेतृत्व आवश्यक रहेको बताएका छन् । बिहीबार धरानमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा उनले वर्तमान परिस्थितिमा जिम्मेवार र अनुभवी राजनीतिक दलले देशको नेतृत्व गर्नुपर्ने धारणा […]

रास्वपाको चुनावी वाचापत्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्र सार्वजनिक गरेको छ। फागुन २१ गतेको चुनावका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट वाचा पत्र सार्वजनिक गरेको हो। सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वणिम वाग्लेलगायत नेताहरूले सार्वजनिक गरेका हुन्। रास्वपाले यसअघि आफ्नो पार्टीको प्राथमिकता, अहिलेको अवस्था र लक्ष्यसहितका बुँदा पेश गर्दै करार […]

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छः अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताएका छन् । पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उनले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको बताए । उनले भने, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ । हाम्रो राजनीति […]