०.६१ प्रतिशतले बढ्यो नेप्से , बढ्यो कारोबार रकम पनि

काठमाडौं । मंगलबार नेप्से परिसूचक ०.६१ प्रतिशतले बढेको छ । बजार २५६६.०७ मा पुगेर बन्द भएको छ । यस दिन ३४५ वटा कम्पनी ५५ हजार २७७ पटकको कारोबार हुँदा ९२ लाख ५५ हजार कित्ता सेयर खरिद बिक्री  भएको छ । कारोबार रकम भने ४ अर्ब १० करोड ५४ लाख रुपैयाँ पुगेको छ । सोमबार को […]

कर्णाली माथि चितवनको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्स विरुद्ध चितवन राइनोजले जित निकालेको छ । चिवनले कर्णालीलाई ४ विकटले पराजित गरेको हो । जितका लागि पाएको १६७ रनको लक्ष्य चितवनले १८.५ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । चितवनको जितमा रवि बोपाराले ५२ रनको योगदान दिए । त्यस्तै दीपक बोहराले ४२ रनको योगदान दिए […]

पिपुल्स पावरको विद्युत बिक्री बढेपनि नाफा घट्यो

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा  घटेको  छ । विद्युत बिक्री बढेपनि कम्पनीको नाफा घटेको छ । नाफा घट्नुको कारण कम्पनीको खर्च बढ्नु हो । चालु  आवको तुलनामा  कम्पनीको खर्च १९ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको […]

राजावादी आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीमतीलाई सरकारले दियो रोजगारी

काठमाडौं । सरकारले गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ । मंगलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा पत्रकार रजककी श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरिएको हो । सो क्रममा उनी भावुक बनेकी थिइन् । सो […]

राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ । १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको उक्त विभागको सिस्टम ह्याक भएको हो । यो सँगै वेबसाइट खुल्न बन्द भएको छ । विभागमा महानिर्देशक नमराज घिमिरेका अनुसार करिब एक घण्टा अघिदेखि वेबसाइटमा समस्या देखिएको छ । अहिलेसम्म पनि समस्या समाधान भएको छैन […]

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ। बैठकमा सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल भई निर्णय आवश्यक हुने बताइएको छ ।

बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

काठमाडौं । बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिवार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई […]

एचपी ल्युब्रिकेन्ट्स नेपालकै सबैभन्दा ठूलो क्रिकेट लिगको अफिसियल लुव्रिकेन्ट पार्टनर

काठमाडौं । नेपालको लागि एचपी ल्युब्रिकेन्ट्सको अधिकृत वितरक एमएडब्ल्यु पेट्रो प्रोडक्ट्स प्रालिले आगामी सिजनका लागि नेपाल प्रिमियर लिगको आधिकारिक ल्युब्रिकेन्ट पार्टनर बन्ने गरी विशेष साझेदारीको घोषणा गरेको छ । सम्झौता टीयू क्रिकेट मैदानमा अंकुर खनाल, कार्यकारी निर्देशक, प्रियदर्शी राय, महाप्रबन्धक, एमएडब्ल्यु इन्टरप्राइजेज प्रालि, तथा पारस खड्का, सचिव, नेपाल क्रिकेट संघबीच हस्ताक्षर गरिएको हो। यस साझेदारीले […]

निफ्राको साधारण सभा मंसिर २३ गते

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौँमा बिहान ९ बजे सुरु हुनेछ । सभामा बैंकले ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ। साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने भएको छ । यस […]

९ प्रकारका औषधि उत्पादनको तयारी

काठमाडौं । नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ । लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औषधिको परीक्षण सकेर अर्को […]