पिपुल्स पावरको विद्युत बिक्री बढेपनि नाफा घट्यो

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा  घटेको  छ । विद्युत बिक्री बढेपनि कम्पनीको नाफा घटेको छ । नाफा घट्नुको कारण कम्पनीको खर्च बढ्नु हो । चालु  आवको तुलनामा  कम्पनीको खर्च १९ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको […]

राजावादी आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीमतीलाई सरकारले दियो रोजगारी

काठमाडौं । सरकारले गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ । मंगलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा पत्रकार रजककी श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरिएको हो । सो क्रममा उनी भावुक बनेकी थिइन् । सो […]

राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ । १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको उक्त विभागको सिस्टम ह्याक भएको हो । यो सँगै वेबसाइट खुल्न बन्द भएको छ । विभागमा महानिर्देशक नमराज घिमिरेका अनुसार करिब एक घण्टा अघिदेखि वेबसाइटमा समस्या देखिएको छ । अहिलेसम्म पनि समस्या समाधान भएको छैन […]

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ। बैठकमा सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल भई निर्णय आवश्यक हुने बताइएको छ ।

बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

काठमाडौं । बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिवार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई […]

एचपी ल्युब्रिकेन्ट्स नेपालकै सबैभन्दा ठूलो क्रिकेट लिगको अफिसियल लुव्रिकेन्ट पार्टनर

काठमाडौं । नेपालको लागि एचपी ल्युब्रिकेन्ट्सको अधिकृत वितरक एमएडब्ल्यु पेट्रो प्रोडक्ट्स प्रालिले आगामी सिजनका लागि नेपाल प्रिमियर लिगको आधिकारिक ल्युब्रिकेन्ट पार्टनर बन्ने गरी विशेष साझेदारीको घोषणा गरेको छ । सम्झौता टीयू क्रिकेट मैदानमा अंकुर खनाल, कार्यकारी निर्देशक, प्रियदर्शी राय, महाप्रबन्धक, एमएडब्ल्यु इन्टरप्राइजेज प्रालि, तथा पारस खड्का, सचिव, नेपाल क्रिकेट संघबीच हस्ताक्षर गरिएको हो। यस साझेदारीले […]

निफ्राको साधारण सभा मंसिर २३ गते

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौँमा बिहान ९ बजे सुरु हुनेछ । सभामा बैंकले ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ। साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने भएको छ । यस […]

९ प्रकारका औषधि उत्पादनको तयारी

काठमाडौं । नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ । लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औषधिको परीक्षण सकेर अर्को […]

कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्स र चितवन राइनोजक विरुद्धको खेलको पहिलो पारी सकिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको हो । पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारीता ओभरमा ३ विकेट गुमाएर १६६ रन बनाएसँगै चितवनले उक्त लक्ष्य पाएको हो । कर्णालीका लागि प्रियांक पान्चालले सर्वाधिक […]

बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने

रसुवा। बाग्मती प्रदेश सरकारले ग्रामीण क्षेत्रका नागरिकलाई रोजगारी दिलाउन निब्र्याजी ऋण उपलब्ध गराउने भएको छ । जिल्ला समन्वय समिति रसुवाले सोमबार आयोजना गरेको दशौँ जिल्ला सभालाई सम्बोधन गर्दै बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले एक घर दुई भैँसी खरिदका लागि सरकारले निब्र्याजी ऋण रकम उपलब्ध गराउने बताए । उनले सो कार्यक्रममा युवाहरू सहभागी […]