भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता

भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि १८ वर्षदेखि २५ वर्ष उमेर समूहका दैनिक ७०० देखि १ हजार १०० जनासम्मले मतदाता नामावलीमा नाम दर्ता गराइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना […]

२ खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट रु २ खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ । आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार बक्यौता बाँकी रहेका करदाताबाट रु ९४ अर्ब ९५ करोड र प्रशासकीय पुनरावलोकनमा रहेका २ हजार ९५ करदाताबाट रु एक खर्ब ८० अर्ब […]

मातृभूमि लघुवित्तका कामु सीईओको जिम्मा बटालालाई

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मी प्रसाद शर्माले राजीनामा दिएका छन्। शर्माले कात्तिक ३० गते दिएको राजीनामा कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बखत बहादुर बटालालाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ। बैठकले शर्माको राजीनामा आज मंसिर […]

बालाचतुर्दशीलाई कस्तो छ पार्किङ व्यवस्था ?

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ आज मेला लाग्दैछ। पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन्। मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ। त्रयोदशीको […]

करिब ५ अर्बको आईटी सेवा निर्यात

काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउनदेखि असोज) सम्म ४ अर्ब ९० करोड बराबरको सूचना प्रविधिमा आधारित सेवा (आईटी) सेवा निर्यात भएको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा ६१ करोड बराबरको यस्तो सेवा आयात भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा ३ अर्ब ५४ करोडको यस्तो सेवा निर्यात भएको थियो। राष्ट्र […]

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

काठमाडौं । ‘एन एजुकेटेड वुमन, अ ट्रान्सफर्म्ड नेसन’ भन्ने मूल थिमसहित सम्पन्न एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ राजधानीमा सफलतापूर्वक सम्पन्न भएको छ ।  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राइज चेतना पहिलो, टिम बटरफ्लाई दोस्रो र टिम नमस्ते तेस्रो बन्न सफल भएका छन् । विजेताहरूले क्रमशः ५० हजार,३५ हजार र २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, ट्रफी, द […]

तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ३९ हाजर ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार सुन प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ थियो । त्यसैगरी ,यसदिन चाँदीको मूल्य ६५ रुपैयाँले घटेको छ । […]

मौलाकाली केबलकार पुनः सञ्चालनमा

नवलपुर । भदौ २४ मा भएको जेन्जी आन्दोलनक्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा आएको छ । जेन्जी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो । मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै केबलकार नियमित सञ्चालन गर्ने तयारी […]

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन ४ खर्ब ३० अर्ब

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब रुपैयाँ बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१-८२ को वार्षिक प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर तीन दशमलव २८ प्रतिशत हुने संशोधित अनुमान छ । प्रदेशले चालु आर्थिक वर्षमा देशको कूल गार्हस्थ्य उत्पादनमा सात […]

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

बागलुङ। दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो । दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो । विसं २०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि मात्रै काम सुरु भएको […]