शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव ४२ हेक्टर क्षेत्रफल अतिक्रमण भएको हो । साथै नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा करिब १३९ दशमलव ८९ हेक्टर निकुञ्ज क्षेत्र अतिक्रमणमा परेको निकुञ्ज कार्यालयले जनाएको छ । अतिक्रमित क्षेत्रमा तत्कालीन शुक्लाफाँटा […]

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौँ । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौँमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय […]

घट्यो यूनिभर्सल पावरको नाफा

काठमाडौं । यूनिभर्सल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमाससम्मको वित्तिय विवरण सावर्जनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा घटेको छ । यसको विद्युत बिक्री घटेपछि नाफा घटेको हो । चालु आवमा कम्पनिले ९ करोड ५३ लाख ५८ हजार रुपैयाँको विद्युत बिक्री गरेको छ भने यो रकम अघिल्लो आवको तुलनामा २ करोड […]

५ अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.४४ अंकले घटेर ४३९.४४ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५६ अंकले घटेको हो । आइतबार ३३७ वटा कम्पनीको ४७ […]

एनपीएल र भिभो दोस्रो पटक सँगै—भोलिदेखि सुरु हुँदैछ क्रिकेटको महाउत्सव

काठमाडौं ।   नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण “फेस्टिभल अफ द हिमालयज” भोलि मंसिर १ गतेदेखि औपचारिक रूपमा सुरु हुँदैछ, र यस महोत्सवको पूर्वसन्ध्यामा विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले पुनः क्यानसँग सहकार्य गर्दै आधिकारिक स्मार्टफोन पार्टनर बनेको घोषणा गरेको छ । भिभोले यो साझेदारी सम्बन्धी उत्साहपूर्ण घोषणा आफ्नो र एनपीएलको आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू — […]

ताप्लेजुङको घुन्सा र फलेटारमा फल्यो स्याउ

ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउ खेतीको परीक्षण सफल भएको छ। स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको थियो । रोपेको छ महिनामै […]

नेपालीले विदेश घुमफिरमा साढे २१ अर्ब खर्चिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालीले विदेश घुमफिरमा साढे २१ अर्ब बढी रकम खर्च गरेको जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो तीन महिनामा  विदेश घुमफिरमा जाने नेपालीले साढे २१ अर्ब रुपैयाँ हाराहारी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार भ्रमण व्यय पहिलो त्रैमासको समीक्षा अवधिमा १६.४ प्रतिशतले बढेर ६४ अर्ब ५९ […]

पौने ३० खर्ब पुग्यो कुल विदेशी विनिमय सञ्चिति

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा रु.२९७९ अर्ब ८१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ […]

तीन महिनामा १३० खर्ब तरलता प्रशोचन

काठमाडौं । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि नेपाल राष्ट्र बैंकले विभिन्न समयमा गरी १३० खर्ब बढी तरलता बढी प्रशोचन गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु. ७१४ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.१२३ खर्ब ६१ अर्ब ३० करोड गरी कुल रु.१३० खर्ब ७५ अर्ब […]

तरलताका बाबजुद करिब ८३ अर्बले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा तरलताका बाबजुद पनि निजी क्षेत्रका कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशत (रु.८२ अर्ब ९३ करोड) ले वृद्धि भई रु.५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो […]