दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छोटो दूरीको सडकमार्ग दिक्तेल–रेग्मीटार सडकखण्डस्थित घर्तीभिरको चट्टान फुटाउन थालिएको छ । कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिमानामा पर्ने घर्तीभिरको चट्टान फुटाउन थालिएको हो । दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक निर्माणका लागि कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास […]

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्र्र्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नेपाली विद्यार्थीहरुलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरु जस्तै आईर्ईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, […]

बढ्यो चाँदीको मूल्य, घट्यो सुन

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी भने २५ रुपैयाँले बढेको छ । बजारमा […]

झापा इनर्जीले म्युचुअल फन्डहरुलाई बाँडफाँट गरेको सेयरको लकइन चैत ७ गते सकिंदै

काठमाडौं । झापा इनर्जी लिमिटेडले सामूहिक लगानीकोषका लागि बाँडफाँट गरेको सेयरको ‘लक-इन’ आगामी चैत ७ गते सकिने भएको छ । कम्पनीको २८ हजार ५१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याइएको छ । सोही सेयरको लक इन खुल्दैछ ।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आज शपथ लिँदै

काठमाडौं । बंगलादेशमा आज नयाँ सरकार गठन हुँदैछ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले आज प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । फेब्रुअरी १२ मा सम्पन्न भएको आम निर्वाचनमा बीएनपीले २०९ सिट जित्दै गठबन्धनसहित २१२ सिटमा दुई तिहाइ बहुमत हासिल गरेको थियो । तारिक रहमानको शपथग्रहण समारोह भव्य रूपमा आयोजना गरिएको छ । शपथ कार्यक्रममा […]

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले गत माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको ५ लाख ७२ हजार ४३१ कित्ता शेयर […]

दुई फर्मलाई नगद जरिवाना

काठमाडौं । नियमित रूपमा बजारको अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले गरेको स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि ललितपुर महानगरपालिका १५ मा रहेको घिमिरे स्टोरलाई रु ११ हजार जरिवाना गरेको छ । न्यू म्याक्स स्टोर भक्तपुर सल्लाघारीलाई रु पाँच हजार जरिवाना गरेको […]

सुपर खुदी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आज (फागुन ५ गते) मंगलबारदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो । यो […]

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन् । बेनीबाट घतान–पात्लेखेत–झिँ–पाखापानी–ठाडाखानी–कुइँनेमङ्गले–मल्कवाङ–मराङ–बिम–दरबाङ हुँदै बेनीसम्मका पाँच वटा स्थानीय तहलाई समेट्ने राहुघाट–म्याग्दी चक्रपथ सडक आयोजना पनि उम्मेदवारको पूर्वाधारतर्फ प्राथमिकतामा परेको मुद्दा हो । जिल्ला सदरमुकाम बेनीबाट उत्तरी क्षेत्रमा रहेको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका […]

निर्वाचन आउन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सोही व्यवस्थाअनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् । आयोगका सहसचिव एवं […]