यूक्रेन–रुस वार्ताः दीर्घकालीन शान्तिका लागि अवसर

किएभ । यूक्रेनका राष्ट्रपतिले आगामी शान्ति वार्ता ‘गम्भीर, सार्थक र सबैका लागि लाभदायक’ हुने आशा व्यक्त गरेका छन् । उनले सबै पक्षले सकारात्मक र सहयोगी दृष्टिकोण अपनाएर टिकाउ समाधान निर्माणमा योगदान पु¥याउनुपर्नेमा जोड दिए । राष्ट्रपतिले विगतका वार्ताहरूमा प्रायः यूक्रेनलाई पर्याप्त रूपमा समावेश नगरी रुससँग मात्रै छलफल हुने गरेको देखिएको बताएका छन्, जसका कारण ठोस प्रगति […]

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज ‘सुपर एट’ मा

काठमाडौं । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिज सुपर एटमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाललाई ९ विकेटले हराउँदै लगातार ३ जितसहित वेस्ट इन्डिजले समूह ‘सी’बाट ६ अंकसहित एक खेल अगावै सुपर एटको टिकट काटेको हो । यता, लगातार तीन हार ब्यहोरेको नेपाल भने एक खेल अगावै सुपर एट दौडबाट […]

“नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक” माथि मागियो सुझाव

काठमाडौं । अर्थ मन्त्रालयले “नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक” माथि सुझाव माग गरेको छ । अर्थ मन्त्रालयले “नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक” माथि सम्बन्धित सरोकारवाला निकाय तथा व्यक्तिहरूबाट राय तथा सुझाव माग गरेको हो । मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई समयानुकूल संशोधन तथा […]

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

गुल्मी । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो । गुल्मीको रेसुङ्गा नगरपालिकाअन्तर्गत वडा नं ७ को उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बागलुङको […]

ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत नेपालले वेस्ट इन्डिज सामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनाएको हो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्बाधिक ५८ रनको योगदान […]

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

दमौली । गाउँको भिरालो जमिनलाई सदुपयोग गरी अधिकारीले विसं २०५२ देखि व्यावसायिक सुन्तलाखेती सुरु गरेका थिए । सुन्तला खरिदका लागि बगानमै ठेकेदार आउने गरेको बताउँदै उनले बजारमा समस्या नरहेको सुनाए । त्यसैगरी, व्यास नगरपालिका–१३ बेनीकोटका कृषक दलबहादुर थापाले यस वर्ष रु १६ लाखको सुन्तला बिक्री गरे । अघिल्लो वर्षको तुलनामा यस वर्ष रु तीन लाख […]

राष्ट्रिय गौरवका आयोजनाको खर्च निकै कमाजेर : ६७ अर्ब ८ करोड विनियोजन गर्दा १० अर्ब ३९ करोड मात्र खर्च

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाले विनियोजित बजेटको तुलनामा निकै कम बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा २३ वटा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटको १५ दशमलव ४९ प्रतिशत अर्थात् १० अर्ब ३९ करोड ३९ लाख खर्च भएको राष्ट्रिय योजना आयोगले जनाएको हो ।२७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये चालू आर्थिक वर्षमा २३ वटा आयोजनाका […]

इरान र अमेरिका बीच आणविक वार्ता पुनः सुरु हुने

जेनेभा । इरान र संयुक्त राज्य अमेरिकाबीच इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता फेरि सुरु हुने भएको छ । स्विट्जरल्यान्डका अधिकारीहरूले वार्ता जेनेभा शहरमा हुने तयारी गरिएको जानकारी दिएका छन् । यसअघि पहिलो चरणको वार्ता अप्रत्यक्ष रूपमा ओमानको मध्यस्थतामा सम्पन्न भएको थियो । उक्त वार्ता इरानको आणविक गतिविधिलाई लिएर अमेरिका र अन्तर्राष्ट्रिय समुदायबीच उत्पन्न असहमति समाधान गर्ने […]

महाशिवरात्रि तथा सेना दिवस–२०८२ मा प्रधानमन्त्री सुशीला कार्कीको सहभागिता

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्की आज नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस–२०८२ सम्बन्धी कार्यक्रममा सहभागी भएकी छिन्।काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा मार्च पास्ट, नेपाली सेनाका हातहतियार तथा उपकरणहरूको प्रदर्शन, विविध सैनिक कला तथा सांगीतिक झाँकीहरू प्रस्तुत गरिएका थिए। साथै […]

राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन् । सो अवसरमा उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले महाशिवरात्रिको […]