मधेशमा नेशनल लाइफको ‘सीईओ क्लब’ सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले मधेश प्रदेशका उत्कृष्ट अभिकर्तालाई सम्मान गरेको छ। जनकपुरस्थित मिथिला यात्री होटलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी ‘सीईओ क्लब’ सदस्य बन्न सफल ७७ जना अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभागीय […]

वेस्ट ईन्डिजविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले आज वेस्ट इन्डिजसँग खेल्दैछ । केहीबेरमै सुरु हुने खेलमा नेपाल पहिले ब्याटिङमा उत्रिने भएको छ । मुम्बईस्थित वानखेडे मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

वीरगन्ज भन्सारद्वारा ७ महिनामा १ खर्ब ३५ अर्ब राजस्व सङ्कलन

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म रु एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना […]

मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवारहरू : सोमबारदेखि थप चुनावी प्रचार

चितवन । आसन्न निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र तिनका उम्मेदवार र कार्यकर्ता मतदातासंगका भेटघाटमा व्यस्त छन् । चितवनका राजनीतिक दल र उम्मेदवारहरूले भोलि (सोमबार) देखि थप चुनावी प्रचारको तयारीमा जुट्ने आन्तरिक तयारी गरेका छन् । साथै उनीहरुले मतदातालाई आफ्नो पक्षमा कसरी रिझाउन भन्ने विषयमा रणनीति समेत तयार गर्दैछन् । स्थानीय समस्यालाई चुनावी कार्ययोजना बनाएका […]

नेप्सेले तोकेको ओपनिङ रेन्ज प्रति रिलायन्स स्पिनिङ मिल्सको आपत्ति

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको सेयर कारोबारका लागि निर्धारण गरेको प्रारम्भिक कारोबार मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति असन्तुष्टि जनाएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य सीमा तोकेको उल्लेख गर्दै उक्त दायरा कम्पनीको वास्तविक वित्तीय अवस्था र मूल्यांकनसँग मेल नखाने […]

सुनको मूल्य बढ्यो, चाँदीको घट्दा तोलाको कति ? 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको तोलाको २ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख […]

जोशी हाइड्रोपावर २ करोड १९ लाख घाटामा, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड १९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी ४८ लाख ६६ हजार कायम भएको छ । यता, वित्तीय खर्च भने ७८ लाख ९० हजार पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३.५८ रुपैयाँ ऋणात्मक छ । भने नेटवर्थ ६७.८८ रुपैयाँ […]

रियल म्याड्रिड शीर्ष स्थानमा

काठमाडौं । रियल म्याड्रिडले रियल सोसिडाडलाई ४–१ ले हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। दुई महिनापछि पहिलो पटक सुरुआती टोलीमा परेका ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्डले खेलको पाँचौँ मिनेटमै उत्कृष्ट क्रस दिएका थिए। उनको पासमा गोन्जालो गार्सियाले गोल गर्दै रियललाई अग्रता दिलाए। २१औँ मिनेटमा सोसिडाडका मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। तर त्यसको चार […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २८, आलु […]

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके। नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अलीले हलुवा–पराठाको स्वाद चखाउँदै आएका छन् । फेमस हलुवा–पराठामा बिहान ६ः०० बजेदेखि नै नजिकै रहेको महेन्द्र बहुमुखी क्याम्पस पढ्ने विद्यार्थी र रुपैडिहा आवतजावत गर्ने बटुवा हलुवा–पराठा खान पुग्ने गर्दछन् । अरमानको परिवारले करिब ४३ वर्षदेखि हलुवा–पराठाको […]