प्रलोपाले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र–२०८२ सार्वजनिक गर्ने भएको छ। पार्टीले देशको समृद्धि, सुशासन र वैकल्पिक राजनीतिक मार्गचित्र प्रस्तुत गर्ने उद्देश्यका साथ फागुन २१ गतेको चुनावका लागि घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्र सार्वजनिक कार्यक्रम दिउँसो ३ बजे संवाद डबली, अनामनगरमा आयोजना हुने पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ।

जित्नै पर्ने दबाबमा बलियो टोलि वेस्ट इन्डिजसँग खेल्दै नेपाल 

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेल नेपालले आइतबार (आज) वेस्ट इन्डिजसँग खेल्दैछ । सो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । लगातार रुपमा दुई खेल हारेको नेपालले यस खेलमा जित्नै पर्ने दबाब छ । आजको खेलमा वेस्ट इन्डिजसँग पराजित भएमा नेपाल समूह चरणबाट नै […]

यो साता सेयर बजार दुई दिन मात्रै खुल्ने 

काठमाडौं । यो साता सेयर बजार २ दिन मात्रै खुला हुने भएको छ । यो साता बजार सोमबार र मंगलबार मात्रै खुला रहने भएको हो । ५ दिन कारोबार हुने भए पनि यो साता तीन दिन सार्वजनिक बिदा परेको छ । जस कारण २ दिन मात्रै सेयर बजार खुला रहने छ । फागुन ३ गते […]

आज २६३औँ सेना दिवस मनाइँदै

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उनी नेपाली सेनाको परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक […]

आज  महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ ।  आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय […]

निर्वाचन आउन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै   छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट […]

पश्चिमी वायुको प्रभाव कायमै, तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । कोशी, बागमती, गण्डकी […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा

काठमाडौं। प्याब्सन बागमती यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोश्रो जितसंगै बागमती एक खेल अगावै समूह ‘बी’ बाट ४ अंक जोड्दै सेमिफाइनलमा पुगेको हो । प्रतियोगिताकै पहिलो खेलमा बागमतीले प्याब्सन सुदूरपश्चिमलाई ३ विकेटले हराएको थियो । चार टिम रहेको यो समूहबाट मधेश पनि समान ४ अंकसहित सेमिफाइनलमा पुग्न […]

निर्वाचनः ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । शुक्रबारसम्म ६३ जिल्लाको मतपत्र छपाइ सकिएको थियो । आज थप तीन जिल्लाको […]