नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने
काठमाडौं । नेपालले न्युजिल्यान्ड ‘ए’ टोलीसँग ५० ओभरको अभ्यास खेल खेल्ने भएको छ। दुवै टोलीबीचको खेल आगामी ६ सेप्टेम्बरमा अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा हुनेछ। नेपालले २१ देखि २९ अगस्टसम्म अस्ट्रेलियामा आयोजना हुने टप इन्ड टी–२० प्रतियोगितामा सहभागिता जनाउने छ। त्यसपछि न्युजिल्यान्ड ‘ए’सँग एकदिवसीय अभ्यास खेल खेल्न लागेको हो। यसैबीच, न्युजिल्यान्ड ‘ए’ टोलीको घोषणा […]

