नारायणी नदीमा पानीको सतह बढ्यो, सर्वसाधारणलाई सतर्क रहन आग्रह
चितवन । मुहान क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण नारायणी नदीको जलसतह सतर्कता तह पार गरेको छ। नदीमा बहाव बढेपछि चितवनका तटीय क्षेत्रमा प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। चितवन र आसपासका क्षेत्रमा वर्षा नभए पनि नारायणी नदीको माथिल्लो तटीय क्षेत्रमा भइरहेको भारी वर्षाका कारण नदीको बहाव एक्कासि बढेको हो। बाढी पूर्वानुमान महाशाखाले […]

