विद्युत् विकास विभागको महानिर्देशकमा मनदेवी श्रेष्ठ
काठमाडौं । विद्युत् विकास विभागको जिम्मेवारी महानिर्देशकमा मनदेवी श्रेष्ठलाई दिइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले शुक्रबार श्रेष्ठलाई विभागमा सरुवा गरेको घिसिङको सचिवालयले जनाएको छ । त्यस्तै हालका महानिर्देशक रहेका जीवछ मण्डललाई ऊर्जा आयोगमा सरुवा गरिएको छ । महिलाबाट महानिर्देशक बन्ने श्रेष्ठ पहिलो हुन् ।

