नेप्सेमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत भएको छ । लामो समयपछि कम्पनीको आईपीओ शुक्रबार सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको १९ लाख २६ हजार ६०० कित्ता र संस्थाप सेयरधनीहरुले लगानी गरेको १ करोड ७० लाख ७३ हजार ४०० कित्ता गरी १ करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत […]

गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु

काठमाडौं । कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न आवश्यक अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न १० जिल्लामा स्थलगत अध्ययन थालेको हो । अध्ययनका क्रममा गहुँ उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरी उत्पादनलागत आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ । विभागको […]

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

काठमाडौं। नेपाल हक्की संघको आयोजनामा दोश्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी ६ टिम सहभागी रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने […]

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

काठमाडौं । गत सोमबार पर्सा वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगञ्जको आर्दशनगरस्थित मदन गुप्ताको अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्र प्रहरीका दुई वटा सवारीसाधनमा […]

झापा गोल्डकपः एपिएफ फाइनलमा

झापा । झापामा जारी ‘झापा गोल्डकप’अन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा एपिएफ क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । एपिएफले आयोजक झापा–११ लाई घरेलु मैदानमा टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलयात्रा तय गरेको हो । एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै एपिएफले जित हासिल गरेको […]

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास

खोटाङ । जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम सुरु गरेको छ । मतदातालाई मतदान गर्ने सही तरिका सिकाउन, मतपत्र बदर हुन नदिन र मतदान गर्ने समय निर्धारण गर्न निर्वाचन कार्यालयले नमूना मतदान अभ्यास कार्यक्रम सुरु गरेको हो । निर्वाचन आयोगको […]

सिरहामा ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ

सिरहा । सिरहा प्रहरीले मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकबाट अवैध लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारतको विहार, मधुवनी जिल्लाका २१ वर्षीय मोहमद नजरुल मियाँलाई बिहीबार नियन्त्रणमा लिएको हो […]

प्रधानमन्त्री कार्कीसँग एनसिसीका प्रतिनिधिमण्डलको भिष्टाचार भेटवार्ता

काठमाडौं । युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसिसी)का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन् । प्रतिनिधिमण्डलमा भारतका २० सदस्य, पाकिस्तानका १२ सदस्य, भुटानका ९ सदस्य तथा मालदिभ्सका ५ सदस्यीय टोली सहभागी थियो । प्रधानमन्त्री कार्कीले यस कार्यक्रममार्फत सहभागी राष्ट्रहरूबीच मित्रता, पारस्परिक समझदारी र युवास्तरको […]

राष्ट्रियसभा १९औँ अधिवेशनमा महत्त्वपूर्ण काम गर्न सफल भयौँ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जेनजी आन्दोलनपछिको विषमपूर्ण राजनीतिक परिस्थिति र छोटो समयका बाबजुद पनि १९औँ अधिवेशनले महत्त्वपूर्ण काम गर्न सफल भएको बताएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले यो अधिवेशन समयका हिसाबले निकै छोटो तर कामका हिसाबले महत्त्वपूर्ण र भविष्यमा पनि गर्व गर्न लायक रहेको बताए। राष्ट्रियसभाको १९औँ अधिवेशनको पहिलो बैठक […]

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए राम्र्रो हुने बताएको छ । नेपाल पत्रकार महासङ्घ र राष्ट्रिय सूचना आयोगको आज सयुक्त रूपमा आयोजना गरेको ‘मिडियामा सूचनाको हकको प्रयोगः अभ्यास र चुनौती’ विषयक अन्तरक्रियामा उनले बुझाएका सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिए । “मन्त्रीहरूको सम्पत्ति विवरण लिने तर सार्वजनिक नगर्ने अभ्यास रैछ, […]