महाशिवरात्रि विशेषः बाग्मती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नान गर्न र नदीको सौन्दर्यता अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले धापड्यामबाट पानी छडिने थालिएको हो । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड […]

टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो

काठमाडौं । जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको छ । कोलम्बोको आर. प्रेमादासा रंगशालामा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जिम्बाब्वेले २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनाएको थियो। जवाफमा अष्ट्रेलिया १९.३ ओभरमा १४६ रनमा अलआउट भयो। म्याट रेनशाले ६५ रन बनाए भने ग्लेन म्याक्सवेलले ३१ रन बनाए। मार्कस स्टोइनिस (६), […]

सङ्खुवासभामा निर्वाचन तयारी तीव्र : आठ मतदानस्थल अति संवेदनशील

किमाथाङ्का। आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएकोे छ । सुरक्षा संवेदनशीलताको हिसाबले आठ मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए। उनका अनुसार जिल्लाका १०९ मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलताको दृष्टिकोणले आठ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको हो । जिल्लामा १०९ मतदानस्थलमध्ये ८२ मतदानस्थल संवेदनशील, १८ मतदानस्थल सामान्य […]

ड्रोन विवादमा उत्तरको कडा चेतावनी

सियोल । कोरियाली प्रायद्वीपमा बढ्दो तनावका बीच उत्तर कोरियाले कथित दक्षिण कोरियाली ड्रोन उडान दोहोरिए कडा प्रतिआक्रमण गर्ने स्पष्ट चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको पछिल्लो ‘खेद’ अभिव्यक्तिलाई विवेकपूर्ण कदम माने पनि भविष्यमा यस्ता गतिविधि नरोके परिणाम गम्भीर हुने सङ्केत गरेकी छिन् । दक्षिण कोरियाली […]

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावित : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुनु अत्यावश्यक रहेको बताएका छन् । “अर्थतन्त्र सही तरिकाले चल्नका निमित्त सही सूचना प्रवाह आवश्यक हुन्छ,” उनले भने । मिडियामा सूचनाको हक प्रयोगसम्बन्धी शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री खनालले सूचनामा असमान पहुँचका कारण बजारमा ठूलो असन्तुलन देखिएको बताए । खनालका अनुसार, सूचनाको हकसम्बन्धी […]

तेल बिक्रीमा आयल निगम गण्डकीका प्रमुखसहित ३ जना दाेषी ठहर

काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकाे छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासले निगमका प्रमुख दाससहित तीन जनालाई ५ महिना कैद र जरिवाना हुने फैसला सुनाएको हो । अदालतले आयल निगमका गण्डकी प्रदेशका प्रमुख चित्तरञ्जन दास, […]

सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने चुनौतीको समयमै सूचना संकलन र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै परिचालित हुन निर्देशन दिएको छ । ‘आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा’ आज भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले आसन्न निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन […]

राष्ट्रियसभाः मधेशदेखि कर्णालीसम्मका मुद्दाको चर्चा

काठमाडौं ।  सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्ने सांसदहरूले मधेश प्रदेशको खाद्य सुरक्षा र सांस्कृतिक सम्पदा संरक्षणदेखि कर्णालीको जलविद्युत्, जडीबुटी र पेट्रोलियम सम्भावनासम्मका विषय उठाएको छ । साथै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गरिनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ गर्ने अवसरका रूपमा चुनावलाई लिनुपर्ने धारणा व्यक्त गरिएको छ […]

भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै

चितवन। भरतपुर विमानस्थलबाट काठमाडौंं र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो । निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको बताए । उनले भने, “यही फागुन ६ […]

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

काठमाडौं । राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद शारदादेवी भट्टले निर्वाचनका लागि २० दिन मात्र बाँकी रहेको उल्लेख गर्दै देशभर भयरहित, त्रासरहित, धाँधलीरहित रुपमा संयमतापूर्वक निर्वाचन सम्पन्न हुनुपर्ने बताइन् । यसका लागि वातावरण बनाउन […]