राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन् । मध्याह्न १२ः१५ बजे हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दहालले ‘सङ्घीय एकाइहरूबीच विधायिकी अन्तरः सम्बन्ध अध्ययन प्रतिवेदक, २०८२’ र […]

एनआइसी एसिया बैंकले लाभांश नदिने

काठमाडौं । एनआइसी एसिया बैंकले लाभांश नदिने घोषणा गरेको छ । बैंकको माघ २९ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकले माग्यो सातै प्रदेशमा माग्यो कर्मचारी (सूचना सहित)

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सातै प्रदेशका लागि चौथो तहको सहायक र सहायक (नगद) पदमा ६२ जनाका लागि आवेदन खुलाएको छ । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो । यसका लागि कम्तीमा प्लस टू गरेको र लोक सेवा आयोगले गत कात्तिक १५ गते सञ्चालन गरेको पूर्व योग्यता परीक्षा उत्तीर्ण गरेको […]

कृषि विकास बैंकमा राेजगारीकाे अबसर

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले धेरै संख्यामा कर्मचारी माग गरेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि २४२ जनाका लागि विज्ञापन खुलाएको हो । बैंकले ६३ जना अधिकृतस्तर र बाँकी २०६ जना सहायकस्तर (प्रशासन) का लागि विज्ञापन खुलाएको हो । सम्बन्धित पदका लागि तोकिएको योग्यता भएका इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म […]

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य ३०१ रुपैयाँ 

काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक समूहको १ लाख २५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले हाल विद्यमान सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि उक्त सेयर बिक्रीमा राखेको हो । बैंकले जीत बहादुर श्रेष्ठको नाममा रहेको ५० हजार कित्ता, जिज्ञाशा अर्यालको नामको ५० हजार कित्ता र जश श्रेष्ठको नाममा रहेको २५ हजार कित्ता […]

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

काठमाडौं । ललितपुर। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ । दरबार सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पाटन दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले […]

सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्काशन मिति सर्यो

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला हुने मिति सरेको छ । कम्पनीको आईपीओ जारी गर्ने मिति एक दिन पछि सरेको हो । कम्पनीले यस अघि फागुन ४ गतेदेखि निष्काशन गर्ने भनेकोमा अब फागुन ५ गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीलाई सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले माघ २७ गते पत्र पठाउँदै अन्य […]

निर्वाचन आउन २० दिन बाँकीः कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

काठमाडौं । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो । आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले […]

आज विश्व रेडियो दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन( युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको […]

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव, दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भू(भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी, कर्णाली […]