यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक

काठमाडौं । विश्व बैंकले नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक गरेको छ। यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकका प्रतिनिधिले नेपालको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी जानकारी दिने उद्देश्यले उक्त ड्यासबोर्ड सार्वजनिक गरेको हो। उक्त ड्यासबोर्डमा सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित वित्तीय जानकारी उपलब्ध हुनेछ। ड्यासबोर्डमा प्रमुख वित्तीय तथ्याङ्कलाई एकीकृत र सहज रुपमा प्राप्त गर्न सकिनेछ। विश्व बैंकका अनुसार […]

चक्कु प्रहार गरेर किशोरको हत्या

दैलेख । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ । फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको चक्कु प्रहारबाट मृत्यु भएको हो । दुल्लू अस्पताल नजिकै भएको उक्त घटनामा सङ्लग्न रहेको अभियोगमा प्रहरीले दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई नियन्त्रणमा लिएको छ […]

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष अमृत लम्सालले लिए शपथ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष अमृत लम्सालले शपथ ग्रहण गरेका छन् । उनलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् । नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्ष तोकेको हो । त्यस अवसरमा नेपाल […]

खुम्बु ल्होसार कप फुटबल : नाम्चे सेमिफाइनलमा

काठमाडौं । नाम्चे युथ क्लब १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को लिगमा नाम्चेले आमादब्लम युथ क्लबलाई २–१ गोलले पराजित गर्‍यो । नाम्चेका विशाल मगर र ओसिन निमा टासीले समान १–१ गोल गरे । आमादब्लमका कर्मा टासी शेर्पाले १ गोल फर्काए । […]

५ वटा निर्जीवन बिमा कम्पनी घाटामा, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुससम्म समग्रमा नोक्सानी व्यहोरेका छन् । जेनजी आन्दोलनमा भएको क्षतिका कारण बिमा कम्पनीहरुले दाबी भुक्तानी ह्वातै बढेको छ । त्यसैले संस्थाहरुले घाटा व्यहोरेका हुन् । सञ्चालनमा रहेका १४ कम्पनीमध्ये ५ वटाले खुद घाटा व्यहोरेका छन् । ६ महिनामा १४ कम्पनीहरुले समग्रमा ४१ लाख नोक्सानी व्यहोरेका हुन् […]

नेपालीरिका होटेलले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । नेपालीरिका होटेल लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसको आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । आईपीओ निष्कासन प्रयोजनका लागि भएको सम्झौतामा नेपालीरिका होटेलका अध्यक्ष भोलेश्वर दुलाल र लक्ष्मी सनराइज […]

अफ्रिकन स्वाइनफिभर’को जोखिम बढेपछि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुङ्गुर/बङ्गुरमा अफ्रिकन स्वाइनफिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । अहिलसम्म रोगविरुद्धको कुनै खोप उपलब्ध नभएकाले सुङ्गुर/बङ्गुपालन फार्ममा जैविक सुरक्षा अपनाउन तथा अस्वाभाविक रूपमा सुङ्गर, बङगुर मरेमा तत्काल सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवा केन्द्र वा सम्बन्धित निकायलाई खबर गर्न मन्त्रालयले आग्रह […]

बेनी हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न अनुमति

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा २० लाख ८० हजार कित्ता सेयर जारी गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।  

गरिमा म्युचुअल फन्डको ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्कासनमा आउँदै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति

काठमाडौं । गरिमा म्युचुअल फन्डअन्तर्गत पहिलो खुलामुखी योजना (ओपन–एन्डेड स्किम) ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ। गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक (फन्ड स्पोन्सर) तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (फन्ड म्यानेजर) रहेको उक्त योजनाको आकार १ अर्ब रुपैयाँ बराबरको रहनेछ। प्रारम्भिक रूपमा ५० करोड रुपैयाँ बराबरको इकाई […]