यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष चार सय ९५ जनाको निधन […]

हयात होटलले सबै कर्मचारी बर्खास्त गर्ने

काठमाडौं । हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ । होटलमा १ सय ३३ मजदुर रहेको होटलले जनाएको छ । होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशासधन विभागलाई पत्र लेखेर अहिले होटल बन्द भएको, मर्मतसम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै […]

मंसिर ६ मा गरिमा रोड रेस हुने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने श्लोगान लिएर २०८२ मंसिर ६ गते, शनिबारका दिन गरिमा रोड रेसको दोस्रो संस्करण गरिमा रोड रेस, २०८२ आयोजना गर्न लागेको छ । बैंकले बार्षिक उत्सबको अबसराम  गत वर्षदेखि शुरु गरेको हो । यस  गरिमा रोड रेस प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ […]

जेन–जी आन्दोलनमा भएको क्षतिमा २३ अर्ब बीमा दाबी, ३ अर्ब माथि भुक्तानी

काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव २३ अर्ब ४६ करोड ९१ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ३ अर्ब ६८ करोड ४१ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन्  । प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क […]

शिक्षाका वरिष्ठ सहसचिव अर्याल प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा

काठमाडौं । शिक्षा सेवाका वरिष्ठ सहसचिव वैकुण्ठ अर्यालले सुदूरपश्चिम प्रदेशको कामु (कायम मुकायम) प्रमुख सचिवको जिम्मेवारी पाएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले अर्याललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । शिक्षा सेवाबाट नै सचिव भएका डा कमलप्रसाद पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा गर्दै अर्याललाई सुदूरपश्चिम प्रदेशको कामु प्रदेश सचिव नियुक्त गरिएको हो […]

आज विश्व निमोनिया दिवसः रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड

काठमाडौं । निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ । ‘बालबालिका बचाऔँ […]

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत लाइन जोडियो

काठमाडौं । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको  छ । पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन मंगलबार साँझ जडान गरिएको छ । सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क […]

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो (भारतीय) प्रतिकिलो रु ४६, […]

शुक्लाफाँटा औद्योगिक व्यापार मेला सुरु

कञ्चनपुर । शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घको आयोजनामा कञ्चनपुरको झलारीस्थित खुला मञ्चमा आजदेखि तेस्रो शुक्लाफाँटा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला सुरु भएको छ । स्थानीय अर्थतन्त्र सुदृढीकरण, आत्मनिर्भरता प्रवद्र्धन र सुदूरपश्चिमको समृद्ध भविष्य निर्माणका उद्देश्यले मेला आयोजना गरिएको हो । मेलामा स्थानीय संस्कृति प्रवद्र्धन गर्ने, पर्यटकीय क्षेत्रको प्रचारप्रसार, हस्तकलाका सामग्रीको प्रदर्शन तथा स्थानीय मौलिक […]

ग्लोबल आइएमई बैंकको साधारणसभा आज, लाभांश पारित गरिंदै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा आज कात्तिक २६ गते बुधबार बिहान १० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दैछ। उक्त साधारणसभाले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन […]