नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य

काठमाडौं । टि-२० विश्वकपमा आज नेपाल इटलीविरुद्ध खेलिरहेको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १९.३ ओभरमा १२३ रनमै अलआउट भयो । यससँगै नेपालले इटलीलाई १२३ रनको लक्ष्य दिएको छ। नेपाल १९.३ ओभरमा १२३ रन बनाएर अलआउट भएको हो। नेपालका लागि आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले […]

बुद्धभूमी नेपाल हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समयोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  बुद्धभूमी नेपाल हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । यस हाइड्रोपावरको  १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन हुँदा भाउ ३१३.१० रुपैयाँमा कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ५२६.२० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । कम्पनीको समायोजित मूल्यलाई आधार मानेर सोमबार कारोबार खुला हुनेछ।

सानिमा मिडिल तमोरको लक इन चैत ७ गते सकिंदै

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले स्थानीय बासिन्दा, संस्थापक सेयरधनी तथा कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि चैत ७ गते सकिने भएको छ । कम्पनीको कुल २ करोड ८३ लाख २६ हजार २५० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । हाल संस्थापक समूहको २ करोड ३३ लाख २७ हजार ५०० हजार कित्ता सेयर, […]

अमेरिकालाई जापानको साढे ५ खर्ब डलर लगानी प्रतिबद्धता

टोकियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री साने ताकाइचीलाई बधाई दिएका छन् । तर टोकियोले संयुक्त राज्य अमेरिकामा गर्ने भनिएको ५ खर्ब ५० अर्ब डलरको विशाल लगानी प्रतिबद्धता कार्यान्वयन गर्ने दबाब पनि सामना गरिरहेको छ । जुलाईमा भएको सहमतिअनुसार जापानले सन् २०२९ सम्म ‘मुख्य अमेरिकी उद्योगहरूको पुनर्निर्माण र विस्तार गर्न’ ५ खर्ब […]

निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर

काठमाडौं । टिकटकले आज नेपालमा ‘इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ। एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ। सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा टिकटकले सञ्चालन गर्दै आएका निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने प्रयासहरूको निरन्तरता स्वरूप यो पहल […]

दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका छः प्रहरी महानिरीक्षक

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको बताएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रतिष्ठानले खेलेको भूमिका सराहनीय छ भने।  उनले नेपाल प्रहरीले विभिन्न कालखण्डमा सामना गरेका सुरक्षा चुनौती, राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण र […]

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पुष्टि

दैलेख । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत […]

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी यहाँ चुनावी गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी १६ वटा उजुरी परेका हुन् । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आचारसंहिता उल्लङ्घनका १६ वटा उजुरी परेका बताउँदै त्यसमा सम्बन्धित पक्षसँग मौखिक स्पष्टिकरण लिई आचारसंहिताको कार्यान्वयनका लागि सचेत गराइएको जानकारी दिए। तनहुँ […]

८.९७ अंक बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

काठमाडौं । बिहीबार नेप्से परिसूचक ८.९७ अंकले बढेको छ । यस दिन बजार २६७१.०७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३७ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ करोड ६ हजार १८  पटक कारोबार हूँदा २ करोड ७७ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ११ अर्ब […]

आईसीसी टी–२० विश्वकपमा इटालीविरुद्ध पहिले ब्याटिङ गर्दे नेपाल

काठमाडौं । ईसीसी टी–२० विश्वकपमा इटालीविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले ब्याटिङ गर्ने भएको छ। मुम्बईको वानखेडे स्टेडियममा नेपालविरुद्ध इटालीले  टस जितेर बलिङ रोजेको हो।