भ्रष्टाचार नियन्त्रण सरकार कै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अंगको नै हुने स्पष्ट पारेकी छिन् । समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले देशमा भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त कानुनी, नीतिगत तथा संरचनागत व्यवस्था हुँदाहुँदै पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको प्रति प्रश्न उठाइन् […]

राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दे

काठमाडौं । बैकिङ प्रणालोमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब निक्षेप संकलन गर्न लागिएको हो। रष्ट्र बैंकले ४६ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत उकत निक्षेप रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा […]

साहस उर्जाको विद्युत बिक्रीबाट हुने आम्दानी १ अर्ब ७० करोड, प्रतिसेयर आम्दानी करिब ४० रुपैयाँ

काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्ममा यस कम्पनीले ७० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी १ अर्ब ६१ करोड ५६ लाखबाट बढेर १ अर्ब ७० करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको […]

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । बुधबार नेपालमा सुनको मूल्य बढेको छ । यस दिन सुन १ हजार १ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी ब्यवसायी महासंगका अनुसार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ  । मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँ थियो । चाँदी पनि ५० रुपैयाँले बढेको […]

पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग

राँझा। प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सीमावर्ती क्षेत्रका मतदाताले विगतका हरेक निर्वाचनमा आश्वासन पाएको तर ती पूरा नभएको जनाउँदै पूर्वाधार विकास र शान्तिसुरक्षा सुदृढ हुनुपर्ने माग गरेका छन् । सीमावर्ती क्षेत्र हिरमिनिया, होलिया, पिप्रहवा र जमुनाहका मतदाताले पूर्वाधार विकासलाई उम्मेदवारसँग आश्वासन होइन वाचा पूरा गर्नेलाई मात्र भोट दिने बताउन थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१५ पिप्रहवाका […]

एनआरएन इन्फ्रास्ट्रक्चर घाटामा, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा  ५२ लाख ९३ हजार रुपैयाँ घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ५ करोड ३७ लाख रुपैयाँ नाफामा थियो। लगानी बिक्रीबाट हुने आम्दानी घटेको छ । लाभांश आम्दानी पनि घटेको छ ।  जसकारण नाफा प्रभावित भएको हो । १ अर्ब ७९ […]

अपि पावरको विद्युत बिक्रीबाट हुने आम्दानी ९५ करोड ९२ लाख, कति कमायो नाफा ?

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.७५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च […]

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्लेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको बुधबारको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छिन् । सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्ने छिन् । यसैगरी, बुधबारको […]

फागुन ११ गतेदेखि आईपीओ जारी गर्दै एपोलो हाइड्रोपावर

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ३०, आलु […]