आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालु आवको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो । तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको […]

रिलायबल नेपाल लाइफको नाफा करिब १३ प्रतिशत बढ्यो, अधिकांश सूचकमा प्रगति

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १२.९८ प्रतिशतले नाफा बढेको हो । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा ३९ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको पुस मसान्तसम्म कम्पनीले ३५ करोड ३ लाख रुपैयाँ […]

एनएलजी इन्स्योरेन्सले कमायो १ करोड १० लाख नाफा, अन्य सूचक कस्ता ? 

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा भारी गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा ८५.१८ प्रतिशतले नाफा घटेको हो । वित्तीय विवरण अनुसार कम्पनीले पुस मसान्तसम्म १ करोड १० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको […]

शतप्रतिशत हकप्रद निष्कासनका लागि साहस उर्जा र एनआरएन इन्फ्रास्ट्रक्चरले बोर्डमा दिए आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले हकप्रद निष्कासनको अनुमति मागे गरेर आवेदन दिएका छन् । आवेदन दिने कम्पनीमा साहस उर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले रहेका छन् । यी दुई कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । साहस उर्जाले १ः१ अनुपातमा ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ […]

पाल्पा सिमेन्टले फागुन १२ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ […]

रिज लाइन इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको आईपीओमा आवेदन खुला भएको छ । कम्पनीले आज (माघ २८ गते) देखि आम सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले […]

अप्पर रिचेत हाइड्रोपावरले ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं । २ मेगावाट विद्युत उत्पादन क्षमता रहेको अप्पर रिचेत हाइड्रोपावर प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । अप्पर रिचेत हाइड्रोपावर प्रालि र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा […]

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ ।  साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सुे रहने सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भागमा […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

सुनको भाउ बढेपनि आयात रोकिएन, दोस्रो त्रैमाससम्म १८ अर्बको सुन आयात 

काठमाडौं । पछिल्लो समय सुनको भाउ बढिराख्दा व्यवसायीहरु आकर्षित भइरहेका छन् । त्यस कारण नेपालमा सुनको आयात बढेको छ । आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमाससम्म १ हजार ५३ किलोग्राम सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । गत आवको सोही अवधिको तुलनामा सुनको आयात १२५.४९ प्रतिशतले बढेको हो । गत आवको दोस्रो त्रैमासम्म ५८६ […]