१३ कम्पनीले गरे लाभांश घोषणा, ९ वटाको सेयर खरिद गर्नेले अझै पाउँछन् प्रतिफल, कुन हुन् ती संस्थाहरु ?

काठमाडौं । सूचिकृत १३ वटा कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । यसअवधि (असोज ७ गते)सम्म ३ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, ४ वटा हाइड्रोपावर, २ वटा लगानी र २ उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुले लाभांश दिने निर्णय गरेका हुन् । यी कम्पनीमध्ये ६ वटाले लाभांश तथा साधारण सभा प्रयोजनार्थ […]

सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ स्मार्टफोनको मूल्य घटाउँदै

काठमाडौं । यस दशैंमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू पहिलेको भन्दा धेरै सुलभसँग उपलब्ध गराइरहेको छ । नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता फोनहरू पहिलाको भन्द कम मूल्यमा खरिद गर्न सकिनेछ ।   सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, “सामसङमा, हामी मान्छौं कि रूपान्तरणकारी प्रविधि सबैको लागि सुलभ हुनुपर्छ। यस दशैंमा, हामी केवल […]

एनआईसी एशिया बैंकका ग्राहकलाई नवलपरासीको लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट […]

तुइनखोलामा फेरि खस्यो पहिरो, राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । तुइनखोलामा मंगलबार दिउँसो एक बजेदेखि निरन्तर ढुंगासहित पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडक ठप्प भएको छ । ढुंगा झरेको झर्‍यै भएपछि काम सुरू गर्न सिएको छैन । पहिरो ठूलो नभए पनि ढुंगा झर्न नरोकिँदा सफा गर्न नसकेको हो । दिउँसो पौने चार बजेसम्म पनि निरन्तर ढुंगा झरिरहेका छन् । तुइनखोलामा शुक्रबार साँझ पहिरो […]

अर्थमन्त्रीसंग भारत र चीनका राजदूतहरुको शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदुत महामहिम चेङ्ग सोङ्गले असोज ७ गते मंगलबारका दिन छुट्टाछुटै शिष्टाचार भेट गरेका छन् । भारतीय राजदूतसंगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे। […]

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयर सूचीकृत

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सूचीकरण गरिएको नेप्सेले जनाएको हो । कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता सेयर सूचीकृत भएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

२ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । यसदिन युनिभर्सल पावर र कामना सेवा विकास बैंकको सेयर मूलय समायोजन भएको नेप्सेले जनाएको छ । कामना सेवाको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । कम्पनीको मंगलबार अन्तिम कारोबार मूल्य ५२५.५० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको […]

युनिलिभर नेपालको १ हजार ८४२ प्रतिशत लाभांश घोषणा, बुक क्लोज मिति पनि तय  

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज ७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १८४२ प्रतिशत नगद लाभांश (कर सहित) दिन निर्णय गरेको हो । लाभांश प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ कात्तिक १० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात […]

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

धादिङ । अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै खुलेको छ । बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले पहिरो पन्छाएर राजमार्ग खुलाएको जानकारी दिए । उनका अनुसार तत्कालका लागि पहिरो पन्छाए पनि जोखिम टरिसकेको छैन । डोजरले पन्छाउँदै जाने पहिरो थपिँदै […]

भू–उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाइनेः मन्त्री सिन्हा

काठमाडौं ।  भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू–उपयोग नियमावली संशोधनको प्रक्रियाअघि बढाउने निर्णयमा हस्ताक्षर गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै भूमिव्यवस्थामन्त्री सिन्हाले हालसम्म भूमि सुधारका क्षेत्रमा थुप्रै काम भए तापनि कित्ताकाट रोकिएका कारण विकाससम्बन्धी काम प्रभावित भएकाले सहजीकरणका पक्षमा संशोधन गरिएको स्पष्ट गरे। उनले भने, “विशेषगरी कित्ताकाट रोकिएको विषय, विकास […]