रवि लामिछाने पुनः नख्खु कारागारमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिनपछि पुनः नख्खु कारागारमा प्रवेश गरेका छन्। सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका उनी भदौ २४ गतेको जेन–जेड आन्दोलनका दिन सुरक्षागत कारण देखाउँदै कारागारबाट बाहिरिएका थिए। शनिबार साँझ कारागार पुगेका लामिछानेले आफू स्वेच्छाले फर्किएको बताएका छन्। भिडियो सन्देशमार्फत उनले, “राजनीतिक प्रतिशोधका कारण ममाथि […]

निर्धारीत मितिमै निर्वाचन सम्पन्न गराउन सहयोग गर्न सबैमा राष्ट्रपतिको आग्रह 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् । साथै राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम भएको उल्लेख भएको गरेका छन् । शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा […]

मुस्ताङको ४७० हेक्टर क्षेत्रफलमा आलुखेती

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा कूल ४७० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आइरहेको छ । यस वर्ष यहाँका पाँच पालिकामा गरिएका आलु उत्पादनको प्रारम्भिक सर्वेक्षणअनुसार शुन्य दशमलव शुन्य नौ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । आव २०८२/८३ मा यहाँका पाँचै पालिकाको कूल ४७० हेक्टर आलु उत्पादन क्षेत्रमा आठ हजार ४९६ मेट्रिकटन […]

क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पूर्ण रुपमा ध्वस्त भएको छ । साथै मन्त्रालयले अस्थायी रूपमा आफूलाई व्यवस्थापन गर्न स्थान खोजिरहेको जनाएको छ । रामशाहपथस्थित मन्त्रालयको चारतले भवनसँगै त्यहाँ रहेका फर्निचर, महत्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेको सवारीसाधन खरानी भएका छन् । भवन नहुँदा मन्त्रालयको काम कारबाहीमा प्रत्यक्ष असर […]

प्रधानमन्त्री कार्कीलाई तिब्बती धार्मिक गुरु दलाई लामाको पनि बधाई

काठमाडौं । नेपालका अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीलाई तिब्बती धार्मिक गुरु दलाई लामाले बधाई ज्ञापन गरेका छन् । नेपालकी अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीलाई लामाले बधाइ सन्देश पठाएका हुन् । ‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनता ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धमा बाँधिएका छन्,’ शनिबार लामाको कार्यालयमार्फत् सार्वजनिक सन्देशमा भनिएको छ । उनले थपेका छन्, ‘म सन् […]

सैनिक ब्यारेकबाट घर पठाइन थाले निवर्तमान मन्त्रीहरू

काठमाडौं । नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालेको छ । जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले नियन्त्रणमा लिएको थियो । सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा राखिएको थियो । त्यस मध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरुलाई सेनाले आज छोडेको छ । […]

केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी

काठमाडौं ।  जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत जाहेरी दिएका हुन् । जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको […]

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न प्रधानमन्त्री कार्की सिभिल अस्पतालमा

काठमाडौं ।  नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हालैको जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न विभिन्न अस्पतालहरूमा पुगेकी छिन्। अहिले उनी सिभिल अस्पतालमा छिन्। उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन्। उनी यसअघि उनी ट्रमा सेन्टर पुगेकी थिइन् ।

पुनः सञ्चालनमा आयो भाटभटेनी

काठमाडौं । नेपालको सुपरमार्केट चेन भाटभटेनीले आफ्ना स्टोरहरू पुनः सञ्चालनमा आएको घोषणा गरेको छ। कम्पनीले एक सन्देश जारी गर्दै ग्राहकहरूको धैर्य, साथ र विश्वासका लागि धन्यवाद दिएको छ। ‘हाम्रा ढोकाहरू फेरि खुलेका छन्,’ सामाजिक सञ्जालमा गरिएको पोस्टमा भनिएको छ, ’भाटभटेनी एउटा स्टोर मात्र नभई तपाईंको परिवार हो।’ कम्पनीले आफ्ना ग्राहकहरूलाई सधैंझैँ उही हेरचाह र प्रतिबद्धताका […]

नयाँ सरकारसँग ऊर्जा क्षेत्रका सहकार्य गर्न तयारः इप्पान

काठमाडौं ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नयाँ अन्तरिक सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ । जेन–जी युवाहरूको आन्दोलनपछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा नियुक्त हुनु भएकोमा शुशीला कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दै इप्पानले सहकार्य गर्ने जनाएको हो । प्रधान न्यायधीशनको जिम्मेवारी पूरा गरिसकेकी कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रुपमा […]