राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो

काठमाडौं ।बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको ७५ प्रतिशत काम सकिएको छ । पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब ७५ प्रतिशत प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगन्जले जनाएको छ । कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले पुल निर्माण स्वीकृत ढाँचा (डिजाइन) अनुसार भइरहेको उल्लेख गर्दै हालसम्म भौतिक र वित्तीय […]

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं ।चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयकाअनुसार शुक्रबारसम्म रु ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख राजस्व सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १४ खर्ब ८० […]

अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना

काठमाडौं ।चोरले संयुक्त राज्य अमेरिका पुर्याएको १३औँ शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति स्थानीय न्हुच्छेवहालमा विधिपूर्वक पुनःस्थापना गरिएको छ । काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियन्तालगायतको समन्वयमा हालै त्यहाँ उक्त मूर्ति पुनःस्थापना गरिएको हो । पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार चोरी भएको उक्त मूर्ति अमेरिकामा फेला परेपछि पुरातत्व विभागले अमेरिकास्थित तिब्बत हाउस कलेक्सनसँग समन्वय गरी […]

आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ भएको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यतालिका अनुरूप तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो । उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको […]

श्रम तथा रोजगार मन्त्री यादव र साउदीका राजदूतबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं ।युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत  फहद मोहम्मद ए. म्निखर तथा प्रथम सचिव श्री अब्दुल रहमान के. घोषोमसँग शिष्टाचार भेट तथा द्विपक्षीय हितका विषयमा छलफल गरेका छन्। भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सिप प्रमाणीकरण (SVP) प्रक्रियालाई तत्काल स्थगन गर्न विशेष आग्रह गरे। […]

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

काठमाडौं ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । […]

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

काठमाडौं ।नेपालमा लगानी, व्यापार र पर्यटन विस्तारका अवसर तथा नेपाल–चीन आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा चीनको सिचाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा छलफल भएको छ । त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले हालै आयोजना गरेको कार्यक्रममा चीनको सिचाङ स्वायत्त क्षेत्रीय जन सरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङ, सिचाङ सरकारका विभिन्न निकायका उच्च अधिकारी, नेपालमा लगानी गरिरहेका तथा लगानी गर्न […]

खाडीबाट फर्केर गाईपालन, मासिक रु दुई लाख आम्दानी

पर्वत । रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका एक युवाले मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । पर्वतको जलजला गाउँपालिका-८ फर्सेका ४५ वर्षीय नारायण जिसीले स्वदेशमै बसेर मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भए । विगत १३ […]

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

भोजपुर । भोजपुरमा वन संरक्षण, जैविक विविधता प्रवद्र्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । डिभिजन वन कार्यालय भोजपुरको पहलमा सञ्चालित यस कार्यक्रम अन्तर्गत जिल्लाका चार वटा सामुदायिक वन क्षेत्रमा संरक्षण पोखरी निर्माण गरिएको हो । डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाले आहाले सामुदायिक वन, […]

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख १० हजार ५१४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०८, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ८३ जनालाई कारबाही […]