थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

काभ्रेपलाञ्चोक। बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको मध्यम र हल्का वर्षाले पनि पटकपटक अबरुद्ध हुने गरेको उक्त राजमार्ग यो चैत महिनाको मध्यसम्म दुईपटक अबरुद्ध भैसक्यो । डेढ वर्षअघिसम्म मध्यपहाडी क्षेत्रको यात्रालाई सहजता दिलाएको उक्त राजमार्ग दुई वर्षमा ‘ठीकठाक’ पार्ने गरी स्थायी पुनर्निर्माण भने सुरु भैसकेको छ । सङ्घीय राजधानी काठमाडौँलाई […]

डि पि अर्थाल सभामुखमा निर्विरोध

काठमाडौं । सघीच संसद्को सभामुखमा राष्ट्रिय स्वतन्त्र  पार्टी रास्वपाका उपसभापति एव सांसद डोल प्रसाद अचील (डि. पि) निर्विरोध  निर्वाचित भएका छन्। संघीय सं संद सचिवालयले आजको लागि तय गरेको सभामुखको निर्वाचनको लागि उनको बाहेक कसैको पनि उमेदवारी दर्ता नभएपछि उनी  निर्विरोध निर्वाचित भएका हुन । आज विहान ११ बजेदेखी थ २ बजेसम् सभामुखको निर्वाचनको लागि […]

व्यापार मेलाबाट आत्मनिर्भर बन्न मद्दत पुग्छः उपराष्ट्रपति यादव

पाटन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला उद्यमी व्यापार मेलाबाट आत्मनिर्भर बन्न मद्दत पुग्ने बताएका छन् । महिला उद्यमीहरुको उत्पादनलाई बिक्री प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ महिला उद्यमी महासङ्घ नेपालद्वारा ललितपुरको झम्सिखेलमा आयोजित ९औँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले महिला उद्यमीहरू आत्मनिर्भर, समावेशी र दीगो समाज निर्माणतर्फको प्रेरक शक्ति भएको […]

सभामुखमा डिपी अर्याल निर्विरोध

काठमाडौं । प्रतिनिधि सभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो। निर्धारित समयमा अर्यालको एकल उम्मेदवारी परेको हो। सभामुख निर्वाचन भने चैत २२ गते हुनेछ। त्यसपछि अर्याल औपचारिक रूपमा सभामुख हुनेछन्।

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारी निकाय तथा सार्वजनिक संस्थाको संस्थागत क्षमता विकासमार्फत नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए । सार्वजनिक सेवा प्रशारण, रेडियो नेपालको ७६औँ वार्षिकोत्सवका अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले संस्थालाई बलियो, जवाफदेही र परिणाममुखी बनाउने दिशामा मन्त्रालय नयाँ ऊर्जा र […]

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-६ घर भएकी ५० वर्षीया वन कुमारी गुरूङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुकमा फेक एकाउन्ट खोली आकर्षक तलब, सुविधामा जापान पठाई दिन्छु भनी ४ जना पीडितहरूलाई व्यक्तिगत कागजातहरु समेत पठाउन लगाई, विभिन्न बैंक खातामा पटक-पटक […]

नासाको नयाँ मिशनः चन्द्रमातर्फ मानवताको ठूलो कदम

फ्लोरिडा। नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट चन्द्रमातर्फ उडेका छन् । यो मानव इतिहासमा पचास वर्षपछि चन्द्रमाको नजिक पहिलो यात्रा हो । उनिहरूले पृथ्वीको वरिपरि २५ घण्टा बिताएपछि चन्द्रमातर्फको मार्गतर्फ बढेका हुन् । यसले मानिसलाई पृथ्वीको नजिकको कक्षबाट मुक्त गर्दै चार लाख किलोमिटर टाढा चन्द्रमातर्फ पठाएको छ । नासाका निर्देशकले […]

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

काठमाडौं ।  सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र जवाफदेहिताका लागि संवैधानिक इजलाससम्बन्धी ‘वेव पोर्टल’ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले पोर्टलको उद्घाटन गर्दै संवैधानिक इजलासको सुदृढीकरण, संविधानको रक्षा र न्यायमा पारदर्शिताका लागि पोर्टल प्रारम्भ गरिएको बताइन । “संवैधानिक इजलास सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुटु हो, संविधानको […]

देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय

चितवन। यहाँ डिभिजन वन कार्यालयले देववृक्ष उत्पादन सुरु गरेको छ । कार्यालयले देव वृक्ष अर्थात् वर, पिपल, स्वामी, खयर, आँप, अम्बा, बेल, अमला, पलाँस, काभ्रोलगायत बिरुवा उत्पादन सुरु गरेको हो । कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार देववृक्षसँगै ग्रह, नक्षेत्र र रासि बाटीकाअनुसारका वृक्ष उत्पादन सुरु गरिएको छ । यस क्रममा पहिलो वर्ष १० हजार बिरुवा उत्पादन […]

नेपाल प्रहरीमा प्राविधिक समूहका ६०७ रिक्त पदमा भर्ना खुल्यो, कुन पदमा कति?

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा ६ सय ७ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । जसमध्ये प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि […]