अध्यक्ष ओली र मन्त्री खरेलबीच भेटवार्ता

काठमाडौँ । निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएका छन् । यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुण्डुस्थित निवासमा भेटवार्ता गरेका छन् । राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा […]

चुनावी वातावरण बनाउन भन्दै सञ्चार मन्त्री नेताको दैलोमा

काठमाडौं ।  गत भदौ २३ र २४ गते भएको जेनजीको अगुवाइमा भएको आन्दोलन पश्चात तात्कालिक प्रधानमत्री केपी शर्मा ओलीले राजिनामा दिए पछि सुसिला कार्कीको नेतृत्वमा आन्तरिम सरकार बनेको हो । आन्तरिम सरकारले आन्दोलनको माग बमोजिम प्रतिनिधिसभा बिघटन गरेर फागुन २१ मा प्रतिनिधिसभाको चुनाव घोषणा गरेको छ । चुनावी वातावरण बनाउन सरकारले पहल गर्न थालेको छ […]

नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण

पाम बीच (संयुक्त राज्य अमेरिका),  । राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा इसाई समुदायमाथि भइरहेको कुनै पनि प्रणालीगत आक्रमणप्रति कडा चेतावनी दिएको केही हप्तापछि अमेरिकी सेनाले क्रिसमसको दिन इस्लामिक स्टेट (आइएस) समूहका लडाकूहरूविरुद्ध ‘शक्तिशाली र घातक’ सैन्य आक्रमण सुरु गरेको बताइएको छ । नाइजेरियाको विदेश मन्त्रालयले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा उक्त हवाई आक्रमणको पुष्टि गर्दै […]

विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर

अमेरिका । विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल निर्माता ‘टोयोटा मोटर कर्पोरेसन’ ले नोभेम्बर महिनामा आफ्नो विश्वव्यापी उत्पादन ५.५ प्रतिशतले घटेर आठ लाख २१ हजार ७२३ इकाइमा सीमित भएको जानकारी दिएको छ । यो गत छ महिनामा पहिलो पटक उत्पादनमा गिरावट आएको हो । कम्पनीका अनुसार, विदेशमा उत्पादन ३।४ प्रतिशतले घटेर पाँच लाख ६३ हजार ५४६ सवारीसाधनमा […]

चीनको रेल नेटवर्क ५० हजार किलोमिटर पार, विश्वकै सबैभन्दा ठूलो रेल सञ्जालको रेकर्ड

बेइजिङ । जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ रेल लाइन सञ्चालनमा आएसँगै कुल सञ्चालन दूरी ५० हजार किलोमिटर पार गरेको छ । सरकारी सञ्चारमाध्यमले जनाएअनुसार यो उपलब्धिसँगै चीनले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देशको हैसियतलाई अझ बलियो बनाएको छ । चीनसँग रहेको रेल सञ्जालको कुल लम्बाइ पृथ्वीको परिधिभन्दा करिब पाँचौँ लामो […]

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग शुक्रबार आफ्नै निवासमा भएको भेटमा उनले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताए । साथै सभापति देउवाले स्वतन्त्र एवं […]

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ । शुक्रबार सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको महाराजगञ्जस्थित निवासमा छलफल गरेका छन् । […]

१८ सयले बढ्यो सुनको मूल्य,प्रतितोला कति ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य १ हजार ८ सयले बढेको छ । नेपाल सुनचँदी माहसंघका अनुसार सुन प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार सुन प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ थियो । यस दिन, चाँदी पनि १६५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४ हाजर […]

स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यस सम्बन्धमा दुवै संस्थाबीच प्रारम्भिक समझदारी पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ । पुस ०९ गते साँझ ५ बजे विन नेपाल लघुवित्तको केन्द्रीय कार्यालयमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

पाँचथर पावर कम्पनीले एक्सेस इन्भेष्टमेन्ट र मेघा भेञ्चर प्राप्ति गर्ने

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले एक्सेस इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. र मेघा भेञ्चर प्रा.लि.लाई प्राप्ति (Acquisition) गर्ने भएको छ । कम्पनीको पुस ९ गते  बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले दुई कम्पनीलाई अधिग्रहण गर्ने सम्बन्धमा साधारण सभाबाट स्वीकृति प्राप्त गर्ने तथा त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ। साथै, […]