सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अछामको बयालपाटा अस्पताललाई एक थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरेको छ । बयालपाटा अस्पतालमा आयोजित एक समारोहमा सांग्रिला डेभलपमेन्ट वैंक साँफेबगर शाखाका शाखा प्रवन्धक अनुपम महराले अस्पतालका निर्देशक डा. मन्दिप पाठकलाई ‘अक्सिजन कन्सन्ट्रेटर’हस्तान्तरण गरेको बैङ्कले उल्लेख गरेको हो  । कार्यक्रममा अस्पतालका निर्देशक डा. पाठकले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको […]

सिटी होटलको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटी होटल लिमिटेडको ८० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ९६१.१५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ५७८.४२ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

सिद्धार्थ क्यापिटलका ३ वटा फन्डहरुले कति घोषणा गरे प्रतिफल ?

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत संचालनमा रहेका बन्दमुखी योजनाहरु सिद्धार्थ इक्विटी फन्ड , सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले लाभांश घोषणा गरेका छन् । जसमध्ये, सिद्धार्थ इक्विटी फन्डले २० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले २० र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले १७ प्रतिशत लाभांश घोषणा गरेका हुन् ।

खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले […]

भारतीय सेयर बजारबाट विदेशी लगानीकर्ताले १० दिनमा १८ हजार करोडभन्दा धेरैको धितोपत्र बिक्री गरे

काठमाडौं । अगस्ट १० सम्म भारतीय स्टक मार्केटबाट १८ हजार करोड रुपैयाँ (भारु) बराबरको लगानी बाहिरिएको छ । विदेशी लगानीकर्ताहरुले १० दिनमा १८ हजार करोड भारतीय रुपैयाँ भन्दा धेरैको धितोपत्र बिक्री गरेका छन् । अमेरिका र भारतबीचको व्यापार तनाव बढेसँगै विदेशी लगानीकर्ताले पुँजी फिर्ता लिँदै लगानी निकालेको द हिन्दुले जनाएको छ । यससँगै, निक्षेप निकायका […]

२७.९० अंकले नेप्से घट्दा १ अर्ब ६८ करोडले बढ्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.७४ अंकले घटेर ४८५.४१ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स २.१० अंकले र सेन्सेटिभ इन्डेक्स १.७३ अंकले घटेको हो । […]

मापदण्ड विपरीतका पानीका जार नष्ट

काठमाडौं । काठमाडौँ महानगरपालिका मापदण्ड विपरीतका प्रशोधित पिउने पानीका २७१ जार नष्ट गरेको छ । महानगरका अनुसार गत आसार र यही साउनमा मात्रै मापदण्ड विपरीतका ४५६ वटा जार बरामद गरी नष्ट गरिएको छ । बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न कामपाले प्रशोधित पिउने पानीको अनुगमनको क्रममा उक्त जार नष्ट गरेको कृषि तथा पशुपक्षी विभागका प्रमुख […]

रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा घिमिरे नियुक्त

काठमाडौं । रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त भएका छन् । कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई साउन २९ गतेबाट लागू हुनेगरी नियुक्त गरिएको हो । साउन २९ गतेबाट रिक्त हुन लागेको सो पदमा घिमिरेलाई आगामी चार वर्षको लागि नियुक्त गरिएको हो ।

तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् । पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा […]

‘सासेक’ का भन्सार अधिकारीहरूको बैठक सुरु, क्षेत्रीय सहकार्यलाई थप सुदृढ पार्ने उद्देश्य

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रहरूका भन्सार अधिकारीहरूको तीन दिने बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। नेपालले आयोजना गरेको उक्त बैठकमा सदस्य राष्ट्रहरू नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका भन्सार प्रशासनका उच्च अधिकारीहरू सहभागी छन्। कार्यक्रमको उद्‍घाटन गर्दै प्रमुख अतिथि अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले सबै सदस्य राष्ट्रहरूबीच […]