यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ९६ पैसा बिक्रि दर १ सय ४० रुपैँया ५६ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ६२ रुपैँया ९४ पैसा बिक्रि दर […]

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेनेबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेने (Inmaculada Riera Rene) बीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त भेटवार्तामा दुई देशबीचको आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यम र दीर्घकालीन साझेदारीका विषयमा छलफल भएको थियो । सो अवसरमा मभहासंघका अध्यक्ष ढकालले […]

बूढीगण्डकी आयोजनालाई चाँडो अगाडि बढाउनुपर्छः मन्त्री खडका

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई चाँडो अगाडि बढाउनुपर्ने बताएका छन् । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाको शपथ समारोहमा मन्त्री खड्काले बूढीगण्डकी जलविद्युत् आयोजनालाई चाँडोे अगाडि बढाउन लाग्नुपर्ने बताए । मन्त्री खड्काले बूढीगण्डकी जस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा […]

एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस् २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

काठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ प्राप्त गरेको हो । नबिल बैंकले अपनाएको अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा र ग्राहक तथा सरोकारवालाप्रति देखाएको प्रतिबद्धताका कारण उक्त अवार्ड प्राप्त गरेको जनाएको […]

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय Leadership Excellence Awards, 2025 सम्पन्न भएको छ । द सोल्टी काठमाडौँमा श्रावण १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम “लायन वर्ष ः लिड , रोअर , रिपिट” नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो […]

प्रभु इन्सुरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रभु इन्सुरेन्स लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा शुक्रबार तीनकुने काठमाडौंमा रहेको प्रभु कम्प्लेक्समा सम्पन्न भएको हो । सभाले सेयरधनीलाई चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९४७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी यसअघिको ५०.१५ प्रतिशतको हकप्रद सेयर निष्कासनको प्रस्तावलाई संशोधन गरी […]

२ वटा म्युचुअल फन्डलाई ५० करोड इकाई बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ वटा म्युचुअल फन्डलाई ५० करोड इकाई बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले हिमालयन इन्भेष्टमेन्टको ‘एचएलआई लार्ज क्याप फन्डलाई ४० करोड इकाई बिक्रीका लागि अनुमति दिएको हो । त्यस्तै, आरविवि मर्चेन्ट बैंकिङको ‘आरविवि फोकस ४०’ लाई १० करोड इकाई बिक्रीका लागि अनुमति दिएको हो । दुवै फन्डले प्रतिइकाई १० […]

लाइफ इन्सुरेन्सहरुले गरे १ खर्ब ८२ अर्ब बिमा शुल्क संकलन, कुनको कति ?  

काठमाडौं । गत आर्थिक वर्षको असारसम्ममा जीवन बिमा कम्पनीहरुले १ खर्ब ८१ अर्ब ४२ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीहरुले उक्त रकम बराबरको बिमा शुल्क संकलन गरेको बिमा प्राधिकरणले जानकारी दिएको छ । असारसम्म बिमा कम्पनीहरुले १ खर्ब ३७ अर्ब ७३ करोड रुपैयाँ नवीकरण बिमा शुल्क र ४० […]

गाजामा इजरायली सेनाद्वारा पूर्व प्यालेस्टिनी फुटबलरको हत्या

‘प्यालेस्टिनी पेले’ भनेर चिनिने प्यालेस्टिनी राष्ट्रिय टोलीका पूर्व खेलाडी सुलेमान अल–ओबेदको गाजा पट्टीमा इजरायली गोली लागेर मृत्यु भएको खेलकुदको स्थानीय प्रशासकीय निकायले जनाएको छ । प्यालेस्टिनी फुटबल सङ्घ (पिएफए) ले एक विज्ञप्तिमा भनेको छ, “इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा मानवीय सहायताका लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गर्दा ४१ वर्षीय ओबेदको बुधबार मृत्यु भएको थियो ।” गाजा […]

निर्जीवन बिमा कम्पनीहरुको बिमा शुल्क संकलन रकम ४३ अर्ब ९५ करोड, शिखर पहिलो हुँदा अरु कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्षको असारसम्म निर्जीवन बिमा कम्पनीहरुले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन् । अघिल्लो वर्ष यी कम्पनीहरुले ४१ अर्ब १७ करोड रुपैयाँ बराबरको उक्त शुल्क संकलन गरेका थिए । यसअवधिसम्म आइपुग्दा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेको […]