प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग भने – व्यावहारिक समस्याको समाधानका लागि सरकार तयार छ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्द्धन तथा भौतिक पूर्वाधार विकासका विषयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँग छलफल गरेका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका […]

आज राति १२ बजेसम्म सबै प्रकारको सरकारी भुक्तानी हुनुपर्ने, मध्यरातमा महालेखाको सुत्र सफ्टवेयर बन्द हुने

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले प्रयोग गर्ने सफ्टवेयर सुत्र आजराति १२ बजेबाट बन्द हुने भएको छ । महालेखाले सवै मातहत निकाय र स्थानिय तहलाइ निर्देशन दिँदै बिहीबार राति १२ बजे सम्म सबै प्रकारका भुक्तानी पुरा गर्न भनेको हो । नेपालको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम १ बमोजिम आर्थिक […]

अख्तियारबाट १८ अधिकृतको सरुवामा प्रहरीको स्पष्टिकरण : काज र सरुवा नियमित प्रशासनिक कार्य

काठमाडौं । हाल केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेका केही सिनियर प्रहरी अधिकृतहरूको काज र सरुवा सम्बन्धी विषयलाई लिएर भ्रमपूर्ण विभिन्न समाचार, टिप्पणी तथा विश्लेषण प्रकाशित एवं प्रसारित भएको प्रतिनेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको […]

दुई दिने सार्वजनिक बिदामा आरटीजीएस प्रणाली सुचारु हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई दिने सार्वजनिक बिदामा पनि (आटीजीएस) सेवा खुला हुने जनाएको छ । २७ गते शनिबार र २८ गते आइतबार सार्वजनिक बिदाका दिनमा रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस प्रणाली बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म सञ्चालन हुने भएको हो । बिहीबार राष्ट्र बैंकले सूचना जारी गर्दै बिदामा आटजीएस सेवा सञ्चालन हुने […]

सामान्य प्रशासन मन्त्रालयले कर्मचारीका लागि बनायो आचारसंहिता, के-के छ आचारसंहिता भित्र ? विस्तृृतमा

काठमाडौं ।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहत कर्मचारीहरूका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयका कर्मचारीहरूको आचरण र व्यवहारलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित, मर्यादित र सेवामूलक बनाई कार्यसम्पादन र सेवाप्रवाहमा प्रभावकारिता ल्याउने उद्देश्यले आचारसंहिता बनाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयबाट जारी गरिएको आचारसंहिता मन्त्री स्तरिय निर्णय गरेर स्वीकृत गरिएको हो । […]

जडीबुटीबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौंको जडीबुटी क्षेत्रबाट ३२ बिचौलिया पक्राउ पक्राउ गरिएको छ । काठमाडौंको जडीबुटी क्षेत्रमा सार्वजनिक सवारी साधनका यात्रुलाई हैरानी गरेको आरोपमा प्रहरीले ३२ जना बिचौलियालाई पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार बिहीबार बिहान जडीबुटी क्षेत्रमा विशेष अभियान सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार जडीबुटीस्थित अरनिको यातायातको बसपार्कबाट […]

राहदानी विभागका सेवा दुई दिन बन्द हुने, राहादानी वितरण खुला नै रहने

काठमाडौं । राहदानी विभागले हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान भएको छ ।उक्त नयाँ प्रणालीमा लैजानको लागि विभागले असार २५ र २६ गते राहदानी सम्वन्धी सेवाहरु बन्द हुने जनाएको छ । राहदानी सम्बन्धी अन्य सेवाहरु बन्द भएतापनि विभागमा तयार रहेका राहदानीहरू वितरण भने नरोकिने बताइएको छ । विभागमा तयार रहेका राहदानीहरू वितरण हुने भएकाले […]

चार दल पछि एमालले छोड्यो ‘संविधान संशोधन’ बहसपत्र तयारी कार्यदल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले  प्रधानमन्त्री बालेन्द्र शाहले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ छोडेको छ ।  एमालेका महासचिव शंकर पोखरेलले आज एक बिज्ञप्ती जारी गरेर सो कुराको जाकारी दिएका हुन् । उनका अनुसार कार्यदलमा एमालेले पठाएका  प्रतिनिधि डा. भीष्म अधिकारीलाई फिर्ता बोलाइएको हो। हिजो मात्र सो कार्यदलमा रहेका चार दलले पनि […]

पेट्रोलमा इथानोल मिसाउँदा भारतीय चालकहरुको असन्तुष्टि

काठमाडौं । भारत सरकारले पेट्रोलमा जैविक इन्धन (इथानोल) को मात्रा बढाउने निर्णय गरेपछि धेरै सवारीधनीहरूले यसको प्रभावकारितामाथि प्रश्न उठाएका छन्। अधिकांश सवारीसाधन अझै  २० प्रतिशत इथानोल मिश्रित पेट्रोल प्रयोगका लागि उपयुक्त नभएको भन्दै चालकहरूले असन्तुष्टि जनाएका हुन्। विश्वकै सबैभन्दा ठूलो दुईपांग्रे सवारी बजार र तेस्रो ठूलो कार बजार रहेको भारतले आयातित पेट्रोलियममाथिको निर्भरता घटाउने र […]

सुकुम्बासीहरूलाई पाँच दिनभित्र स्थान खाली गर्न दिइएको अल्टिमेटम फिर्ता लिन सरकारसँग सांसदको माग

काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरूलाई पाँच दिनभित्र स्थान खाली गर्न दिइएको अल्टिमेटम तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकको प्रारम्भमै बोल्दै सांसद कामीले सुकुम्बासीहरूको समस्या अस्थायी उपायबाट नभई दीर्घकालीन योजना बनाएर समाधान गर्नुपर्नेमा जोड दिइन्। उनले सरकारले नगद वितरण […]