स्वास्थ्य बीमाका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम स्वास्थ्य बीमा क्षेत्रमा छुट्याइएको जानकारी गराए ।

सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन् ।

पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् ।

रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेट पेश गर्दै  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।

आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जडान गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. अर्थमन्त्री स्वर्णिम वाग्लेले ले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्। उनका अनुसार आगामी वर्ष जलविद्युत् आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी कुल १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय […]

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन

काठमाडौं ।  सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा‍.स्वर्णिम वाग्लेले यसबारे जानकारी दिएको हो । उनले सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड रकम विनियोजन गरेको घोषणा गरे ।

शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन

काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि आर्थिक वर्ष २०८३/८४ मा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिएका छन्।

काठमाडौं–तराई फास्ट ट्र्याकका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले काठमाडौं–तराई फास्ट ट्र्याकका लागि थप १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त आयोजनाका लागि सो बजेट विनियोजन गरिएको हो । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।  

१० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरुको पीपीए तत्काल सुरु गरिने

काठमाडौं । सरकारले लामो समयदेखि थाँति रहेको नेपाल बिमा प्राधिकरणको पुनर्संरचना सम्पन्न गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्। त्यसैगरी, नेपाल विद्युत प्राधिकरणलाई उत्पादन, प्रसारण र वितरण गरी तीन वटा छुट्टाछुट्टै कम्पनीमा विभाजन गरिनेछ । बजेटअनुसार विद्युत खरिद सम्झौता (पीपीए) भइसके पनि निर्माण सुरु नगरेका आयोजनाको […]