सिद्धार्थ हस्पिटालिटीसँग साझेदारी गर्दै डिशहोम ,२४ वटा कम्पनीसँग गर्यो छुट सम्झौता

काठमाडौं । डिशहोमले सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गर्दै डिशहोमका सबै सक्रिय ग्राहकहरूलाई भर्चुअल प्रिभिलेज कार्ड मार्फत विशेष छुट र सुविधा प्रदान गर्ने भएको छ। यस साझेदारी अन्तर्गत डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफे आवासमा २० प्रतिशत छुट तथा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन्। डिशहोम भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुटहरू […]

नेपाल–स्पेन सम्बन्ध विस्तारमा छलफल – सीएनआईका प्रतिनिधि र राजदूत नेपालबीच भेटवार्ता

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समितीका सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र स्पेनस्थित नेपाली राजदूत महामहिम शनिल नेपाल  बीच भेटवार्ता भएको छ । भेटमा बिदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि आवश्यक रणनीतिबारे छलफल भएको थियो । साथै, उत्पादनशील क्षेत्रहरु र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न […]

सुन तोलाको १ लाख ९९ हजार नाघ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ दुई लाख नजिक पुगेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।नेपाल सुन (चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार एक तोला सुन १ लाख ९८ हजार ४०० […]

मेरोमाइक्रोफाइनान्सको नाफामा सुधार, जगेडा कोषको आकार पनि बढ्यो

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.२९ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । लघुवित्तको खुद ब्याज आम्दानी ८८ करोड १६ […]

नबिल प्लेक्सी क्याप र एनआइबिएल सहभागिता फन्डको लाभांश घोषणा

काठमाडौं । नबिल प्लेक्सी क्याप फन्डले लाभांश घोषणा गरेको छ । यसले इकाईधनीलाई कर सहित ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । लाभांश प्रयोजनार्थ क्यापिटलले साउन २३ गते बुक क्लोज गरेको छ । तसर्थ, साउन २२ गतेसम्म कायम इकाईधनीले लाभांश हात पार्न सक्नेछन् । यता, एनआइबिएल सहभागिता फन्डले आव २०८१-८२ को नाफाबाट इकाईधनीलाई कर सहित […]

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ३९ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२२ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यसको खुद ब्याज आम्दानी ७ अर्ब ९३ करोडबाट बढेर ८ अर्ब ४३ […]

बुढीगण्डकी जलविद्युत आयोजनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा ८ बैंक र एचआईडीसीएलले साढे ५२ अर्ब लगानी गर्ने

काठमाडौं । अर्धजलाशययुक्त ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा ८ बैंकले ५२ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । त्यसका लागि बिहीबार आयोजित कार्यक्रममा सम्झौता भएको छ । सम्झौतामा बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र साहस ऊर्जाका निर्देशक सुशील थापाले हस्ताक्षर गरेका […]

तुर्कमेनिस्तानबाट आज प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं । तुर्कमेनिस्तान, २३ साउन  । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको आवाजामा सम्पन्न  भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कँदै छन् । उनी स्वेदेश फिर्ताको लागि दुबै प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका  उपप्रधानमन्त्री ले बिदाइ […]

उत्तराखण्डमा बाढीमा नेपालीको उद्दारको लागि कुटनीतिक पहल भएको छ – प्रधामन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्ड क्षेत्रमा गत साउन २० गते आएको बाढीमा नेपालका १७ जना परेको आशंका व्यक्त गरेका छन्। हाल तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बाढीमा परेका नेपालीहरूको उद्धारका  सरकारले भारत स्थित नेपाली दुताबास मार्फत कूटनीतिक पहल भइरहेको बताएका छन्। ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले […]

विद्यालय शिक्षा विधेयक समितिबाट पारित

काठमाडौं । प्रतिनिधि सभा अन्तरगतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार बसेको बैठकले विद्यालय शिक्षा विधेयक पारित गरेको छ । उपसमितिले दिएको प्रतिवेदन संशोधन सहित पारित भएको हो । २०८० साल भदौ २७ गते संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक विवादित विषयमा सहमती जुटाउन एमाले सांसद छविलाल विश्वकर्मा संयोजकत्वको उपसमिति गठन गरेको थियो । […]