यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ […]

करिब १४ अर्ब रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज

काठमाडौं ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलले निकै तामझामका साथ ल्याएका प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज भएको छ । ओली नेतृत्वको सरकारले विश्व बैंकको १२० मिलियन अमेरिकी डलर करिब १४ अर्ब रुपैयाँ सहयोगमा उक्त कार्यक्रम खारेजी गर्दै सुशीला कार्की नेत्तवको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज गर्दै ‘राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम, २०८२’ कार्यान्वयनमा ल्याएको छ । श्रम […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० शाखा कार्यालय समायोजन गर्दै 

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना १० वटा शाखा कार्यालय समायोजन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले २०८३ साल बैसाख १ गतेदेखि ती शाखाहरूलाई नजिकैका अन्य शाखामा गाभी एकीकृत रूपमा सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । बैंकका अनुसार बागमती, मधेश, कोशी र गण्डकी प्रदेशअन्तर्गतका केही शाखाहरू आपसमा समायोजन गरी कारोबार […]

ईश्वर पोखरेललाई एमालेले दियो काठमाडौं–५ कै टिकट

काठमाडौं । नेकपा एमालेले काठमाडौ–५ मा ईश्वर पोखरेललाई नै उम्मेदवार बनाउने भएको छ । काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार ईश्वर पोखरेललाई टिकट दिइसकिएको छ । ‘अब उहाँले नै लड्नु हुने भएको छ, टिकट पाउनुभयो,’ निरौलाले भने । गत शनिबार बसेको सचिवालय बैठकले काठमाडौ–५ को उम्मेदवारबारे कुनै निर्णय गरेको थिएन । यस्तै काठमाडौ–९ मा अजय […]

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउँदै छ । कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र […]

उज्यालोका अध्यक्ष कुलमान काठमाडौं- ३ बाट उम्मेदवार बन्ने

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने भएका छन् । केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा जम्मा भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा जानेछन् । चुनाव उठ्नका लागि उनले मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसयता रास्वपासँगको […]

बढ्न थाल्यो सेयर बजारमा चहलपहल, चुनाव नजिकिएसँगै माहोल बनेको हो ? विगतको निर्वाचनमा कस्तो थियो सेयर बजारको माहोल ?

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । पछिल्ला दिनहरुमा नेप्से सूचक विस्तारै बढ्दै जानु र कारोबार रकममा सुधार देखिनुले बजारमा केही सकारात्मक माहोल बनेको छ । हालका दिनहरुमा नेप्से सूचक बढ्दै जानु र कारोबार रकम समेत सुधार देखिनु भनेको सेयर बजार सकारात्मक हुनु हो […]

आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै समुदायका मौलिक पर्व, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनप्रति नेपाल सरकार सदैव प्रतिबद्ध रहेको विश्वास दिलाएकी छिन् । सोनाम ल्होछारका अवसरमा नेपाल तामाङ घेदुङद्वारा आज टुँडिखेलमा आयोजित ‘तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम’लाई सम्बोधन गर्दै उनले सबै जातजातिका मौलिक परम्परा, संस्कृति र जीवन पद्धतिको सम्मान, संरक्षण र […]

नेकपा संयोजक दाहाल रुकुम पूर्वमा

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुम पूर्वमा आई पुगेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न प्रचण्ड रुकुम पुगेका हुन्  । अध्यक्ष दाहालले भोलि मङ्गलबार उम्मेदवारी दर्ता गरेर बुधबार काठमाडौँ फर्कने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्ज तेजबहादुर […]

ट्रम्पको कर दबाबबीच पनि चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले बढ्यो

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका आयात करहरूको दबाब हुँदाहुँदै पनि बलियो निर्यातका कारण चीनको अर्थतन्त्र सन् २०२५ मा वार्षिक ५ प्रतिशतले विस्तार भएको सरकारी तथ्याङ्कले देखाएको छ। यद्यपि वर्षको अन्तिम त्रैमासिकमा भने आर्थिक वृद्धिदर सुस्तिँदै ४.५ प्रतिशतमा झरेको छ। सरकारी तथ्याङ्कअनुसार अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा चीनको अर्थतन्त्र १.२ प्रतिशतले वृद्धि भएको छ, जुन सन् […]