मेची भन्सार : छ महिनामा सात अर्ब १९ करोडको अलैँची निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलँैची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । गत आव २०८१/८२ […]

२० निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको उक्त कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । कार्यालयका अनुसार आइतबारको निर्णयअनुसार अधिकांश निर्माण कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ […]

कामना सेवा विकास बैंकको नाफा साढे ३९ करोड, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले ६ महीनामा ३९ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको पुस मसान्तसम्म ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले त्यसको तुलनामा चालू आवको सोही अवधिमा […]

सूर्यज्योति लाइफको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा 

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ११ लाख बढी कित्ता सेयर बिक्रीमा राखेका छन् । कम्पनीले कुल ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीले ५ लाख २५ हजार कित्ता, नन्द किशोर शर्माले ३ लाख २० हजार २४१ […]

आज तामाङ समुदायको सोनाम ल्होसार, सार्वजनिक बिदा

काठमाडौं । माघ शुक्ल प्रतिपदाको दिन (आज) तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । भूमि पूजा,कुल पूजा एवम् दान दक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास गर्ने तामाङसहित […]

आज सेयर बजार बन्द रहने

काठमाडौं । सोमबार सेयर बजार बन्द रहने भएको छ । आज सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा भएकोले सेयर बजार बन्द रहने भएको हो । अब दोस्रो बजार भोली खुला हुनेछ । गत साता पनि बजार तीन कारोबार दिनका लागि मात्र खुलेको थियो । अघिल्लो कारोबार दिन अर्थात आइतबार नेप्से परिसूचक ३१.१२ अंक बढेर २६७२.५५ विन्दुमा […]

पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहनेछ मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भू–भागमा आंशिक बादल लागेको छ तथा बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर […]

घरजग्गा कर्जा उठ्न नसक्दा बैंकमा थुप्रियो गैरबैंकिङ सम्पत्ति, पुग्यो ५१ अर्ब गैरबैंकिङ सम्पत्ति

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

‘पर्वतारोहण र पर्यटनले नेपाल–क्यानडा सम्बन्धलाई थप सुदृढ बनाएको छ’

काठमाडौं । सरोकार भएकाहरूले पर्वतारोहण र पर्यटनले नेपाल–क्यानडा सम्बन्धलाई अझ सुदृढ बनाएको धारणा व्यक्त गरेका छन् । नेपाल र क्यानाडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१औँ वर्षगाँठका अवसरमा नेपाल–क्यानाडा मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा आज यहाँ भएको ‘नेपाल क्यानडा सम्बन्ध विस्तारमा पर्वतारोहण पर्यटन’ विषयक अन्तरक्रियामा सरोकार भएकाहरूले दुई देशको सम्बन्ध विस्तारमा पर्यटन क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको […]